नेपाली सिनेमा क्षेत्रमा युवा नायकहरुको भिडमा लोभलाग्दो क्रेज र स्टारडम बनाएका नायक हुन अनमोल केसी । एकपछि अर्काे गर्दै हिट फिल्म दिएका उनको ए मेरो हजुुर ३ अघि २ फिल्मले औषत कलेक्सन गरे । तर ए मेरो हजुर ३ को सफलतापछि अनमोलको स्टारडम थप बढेको छ । ९ करोड भन्दा बढि कलेक्सन गरेर यो फिल्म अनमोलको करियरकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको रकेर्ड पनि बनायो । उनको यही रकेर्डको कारण अनमोलको नयाँ फिल्मले निर्माण पनि नहुँदै २ करोड सुनिश्चित गरेको छ ।
हालसम्म नाम समेत तय नभईसकेको उक्त फिल्मको बितरण अधिकार खरिद गर्दै वितरण कम्पनी एफडीले मोफसल वितरणका लागि ८० लाख न्यूनतम सुनिश्चितता (एमजी) मा खरिद गरेको छ । यसैगरी काठमाडौँ वितरण राइटका लागि काफिया फिल्मसले ७० लाख एमजीमा फिल्म खरिद गरेको छ । यसैगरी फिल्मको डिजिटल राइट बुढासुब्बा युटयुव च्यानलले ५० लाखमा खरिद गरेको छ ।

यसरी फिल्म निर्माण पनि नहुँदै अनमोलको फिल्मले २ करोड सुरक्षित गरिसकेको छ । उक्त फिल्म चैत्र २८ मा रिलिज गर्ने योजना छ । तर उक्त मितिमा काफिया फिल्मस ले नै बितरण गर्ने अर्काे फिल्म प्रेम गीत ३ पनि रिलिज हुँदैछ । त्यसैले सम्भवत उक्त अनमोलको फिल्मको रिलिज मिति परिवर्तन हुन सक्ने बताईएको छ । फिल्मलाई भुवन केसीले निर्देशन गर्ने चर्चा पनि छ । जबकी उक्त फिल्ममा भुुवन भिलेनको भूमिकामा देखिने भएका छन् ।