काठमाडौं –छवि र शिल्पाबीचको विवादबारे बोलेका कारण किशोर खतिवडालाई मानहानिको मुद्दा दायर गर्नेसम्मको तयारी भइरहेको छ । स्रोतका अनुसार प्रहरी परिसर टेकुमै किशोरलाई मुद्दा दायर हुन सक्छ ।
अभिनेता किशोर खतिवडा विवादमा तानिएका छन् । नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको विवादमाथि मिडियामा बोलेपछि उनी विवादमा तानिएका हुन् । पछिल्लो समय फिल्ममा खासै नदेखिएका किशोर शिल्पा र छविबारे बोलेपछि भने चर्चामा आएका छन् ।
छवि र शिल्पाबीचको विवादबारे उनको भनाइ सार्वजनिक भएपछि कसैको व्यक्तिगत सम्बन्धमा कोही किन बोल्ने भनेर प्रश्नसमेत तेर्सिएको छ । यही कारण अभिनेता किशोरलाई मानहानिको मुद्दा दायर गर्नेसम्मको तयारी भइरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरी परिसर टेकुमै किशोरलाई मुद्दा दायर हुन सक्छ । यसबारे कुरा गर्न खोज्दा अभिनेता किशोर खतिवडाको फोन भने अफ थियो । कसैको व्यक्तिगत सम्बन्धबारे खुलेआम बोलेका कारण उनी तनावमा परेर फोन नउठाएको अनुमान गर्न सकिन्छ ।