चर्चित एवं लोकप्रिय गायक बद्री पंगेनी बिवादमा मुछिएका छन् । चर्चित गीतहरु गाएर दर्शकहरुलाई रुवाउँन समेत माहिर मानिएका बद्रीलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाईएको । उनीमाथि सितापाईला बस्दै आएका निमा दोर्ची शेर्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएका छन् । उनले बद्रीसहित उनका साथीहरु बिजय सिंह र सुवास अधिकारीबिरुद्ध ज्यान मार्ने धम्की दिएको आरोप लगाईएका हुन् । यी ३ जनाले संचालन गरेको निरमाया दोहोरी साँझको सजावटका लागि निमाको फर्निचर उद्योगले ५५ लाख बराबरको काम गरेको थियो । १२ १३ लाख दिएर बाँकी रकम माग्दा बिजय सिंहले धम्की दिने गरेको भन्दै उनीहरुबिरुद्ध निमाले सुरक्षाको माग गरेका हुन् ।
उनले पैसा माग्दा बिजयले “मलाई चिन्छस ? तलाई म देखाईदिन्छु , म धेरै पावरवाला मान्छु हुँ” जस्ता शब्दहरु प्रयोग गरेर धम्की दिने गरेको उनको भर्ना छ । उनले ‘सुरुमा २५ लाख जतिको खर्च आउन लागेको थियो । पछि उनीहरुले ५६ करोड रुपैयाँ खर्च लागेपनि राम्रो बनाउनुपर्यो भन्नुभयो । त्यहि अनुसार बनाउँदा ५५ लाख रुपैयाँ खर्च भयो । त्यो मध्ये १२/ १३ लाख रुपैयाँ मात्र दिनुभयो । बाँकी पैसा माग्दा धाकधम्की दिन थाले ।’ धम्की नदिए पनि दोहोरी साँझमा उनको पनि सेयर रहेकोले निमाले ३ नै जनाबिरुद्ध उजुरी दिएको बताए ।

प्रहरीले निमाको उजुरीपछि तीनै जनालाई छलफलका लागि बोलाएको छ। यता बद्रीले भने त्यसमा आफनो नाम मुछेर चरित्र हत्या गर्न खोजको आरोप लगाएका छन् । उनले आफनो नाम जोडेर चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले आफुमाथि लगाईएको आरोप प्रमाणित भए झुण्डिएर मार्न पनि तयार रहेको बताएका छन् । हाल उक्त दोहोरी साँझमा आफु निस्क्रिय साझेदारी रहेको भन्दै त्यसको कारोबारबारे आफुलाई कुनै जानकारी नभएको उनले दाबी गरेका छन् ।