असार ३०- भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि बिदेसिनेको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर (एनओसी) मा कडाइ गरिरहेको छ । यसबीच सरकारले यूएईको हकमा पनि नो अब्जेक्सन लेटरमा कडाई गरिने भएको छ । अब यूएईमा कार्यरत नेपालीका आफन्तहरुले भ्रमण भिषाका लागि नो अब्जेक्सन लेटर नपाउँने भएका छन् । यूएईका नेपाली दूतावासले आईतबार एक सूचना जारी गर्दै अब दूतावाले दिँदै आएको नो अब्जेक्सन लेटर आज सोमबारबाट नदिने बताएको छ ।

दूतावासद्वार जारी सूचनामा भनिएका “संयुक्त अरब इमिरेट्सको भिजिट भिषामा आउँन चाहाने संयुक्त अबर इमिटरेट्समा कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु ( श्रीमान वा श्रीमती , आमा , बुवा । सासू र छोराछोरी) लाई जारी हुँदै आएको नो अब्जेक्सन लेटर असार ३० गतेदेखि जारी गरिने छैन” । यसअघि दूतावासमा यूएईमा रहेका कामदारको आफन्तलाई भ्रमणका लागि नो अब्जेक्सन लेटर दिँदै आएको थियो तर अब उक्त कार्य दूतावासले गर्ने छैन ।