२०८३, २३ कार्तिक आईतवार
×

“पदाधिकारी माग्ने करिश्माको हैसियत छैन” :- हिसिला यमी

3590 Shares

चर्चित नायिका करिश्मा मानन्धरले तत्कालीन नयाँ शक्ति पार्टी परित्यागको घोषणाले पनि त्यती चर्चा कमाएको थिएन जति उनले डा बाबुराम भट्टराईमा व्यवस्थापकिय क्षमता नदेखेको भनेर अभिव्यक्ति दिईन् । डा भट्टराईले जात्रै जात्रा फिल्म हेर्न गएको समय करिश्माले पार्टी नछोडेको मात्र २ बर्षको छुट्टी लिएको बताएपछि सुरु भएको वाक युद्धले निकै मिडिया ततायो । उनले आफु बाबुरामको पार्टीमा नरहेको र झुठो कुरा नबोल्न भन्दै उनले डा भट्टराईप्रति आक्रोस पनि व्यक्त गरिन् । कतिसम्म भने उनले डा भट्टराईमा आफुले व्यवस्थापकिय क्षमता नदेखेको भनेपछि झनै उग्ररुप लिएको थियो ।

करिश्माको यो अभिव्यक्तिले तत्कालीन नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरुले आक्रोसित हुँदै करिश्माले पद नपाएर पार्टी छोडेको आरोप लगाए । त्यसोत करिश्माले आफु पार्टीभित्र भूमिका बिहिन भएर बस्न नसकेकोले पार्टी छोडेको बताईएकी थिईन् । डा भट्टराईप्रति करिश्माको अभिव्यक्तिको नेतृ हिसिला यमीले कडा आलोचना गरेकीछिन् । एक अन्तरवार्ताको क्रममा उनले करिश्मामा परिपक्त्ता नपुगेको बताएकीछिन् । करिश्मा राजनीतिमा आउँदा आफुहरुले स्वागत गरेको तर उनीमा परिपक्त्ता नपुगेको बताईन् ।

उनले हाल करिश्माले दिईरहेको अभिव्यक्तिहरुले पनि उक्त कुरा पुष्टी गर्ने उनको भनाई छ । करिश्मालाई त्यतीबेला पार्टीभित्र जिम्मेवारी दिँदा पनि उनले एसईईको लागि आफुलाई समय चाहिएको भनेको स्मरण गरिन् । त्यतीबेला आफुहरुको करिश्मा निर्णयको खुसी भएको र सम्मन गरेको समेत दाबी गरिन् । उनले भनिन् “कहाँबाट उ उत्तेजित भएर बौलाउँन थाल्यो त्यो उनैलाई सोध्नुस” । उनले करिश्माले पदाधिकारी खोज्ने हैसियत नै नभएको भन्दै उनले भनिन् “एसईई त पास भईन हामी खुसी छौँ तर कहाँ निर उ फेला भाछ भने पोलिटिक्समा उ फेल भाछ । एसईईमा बी प्लस पायो तर पोलिटिक्समा सी प्लस पायो” ।

आक्रोसले राजनीति चल्दैन भन्दै उनले करिश्मालाई अन्य पार्टीमा गए पनि धर्यता नगुमाउँन सुझाव दिईन् । उनले करिश्मालाई पार्टीभित्र बढि स्थान दिँदा अन्यले निकै गुनासो गरेको समेत स्मरण गरिन् । हिसियाले करिश्मालाई पार्टीभित्र कहाँसम्म ठाँउ दिएको थियो त्यसमाबारे र आफनो पनि मुल्याकंन गर्न उनले आग्रह गरिन् ।

प्रतिक्रिया