२०८३, २३ कार्तिक आईतवार
×

छबिराज ओझामाथि आफ्नै श्रीमती शिल्पा पोखरेलले दिईन प्रहरीमा उजुरी

1329 Shares

फिल्म निर्माता छबिराज ओझामाथि आफ्नै श्रीमती तथा नायिका शिल्पा पोखरेलले प्रहरीमा उजुरी दिएकी छन्।

पोखरेलले छबिबाटै असुरक्षा भएको भन्दै उजुरी दर्ता गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। उनका अनुसार पोखरेलले शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएकी छन्।

२०७३ सालमा गोप्य विवाह बन्धनमा बाँधिएको यो जोडीले गत बर्ष मात्र विवाह गरेको स्वीकार गरेको थियो। उनीहरुले औपचारिक रुपमा विवाह दर्ता भने ६ महिना अघिमात्र गरेका थिए।

पछिल्लो समय पारिवारिक खटपटमा रहेको यो दम्पतिको विवाद अन्ततः प्रहरीसमक्ष पुगेको हो। अहिले उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ।

असार पहिलो साता घरको सामान्य विवादपछि शिल्पा छबिलाई छाडेर अन्यत्रै बसिरहेको र बुधबार एक्कासी प्रहरीमा उजुरी दिएको खवर आएको छबिनिकट स्रोतले नेपालन्युजलाई बताएको छ।

म्युजिक भिडियोमार्फत् पर्दामा भित्रिएकी शिल्पालाई ठूलो पर्दामा छबिले भित्र्याएका थिए। फिल्म ‘लज्जा’बाट ठूलो पर्दामा डेब्यु गरेकी शिल्पा उक्त समयबाटै छबिसँग नजिक थिइन्। पछि २०७३ दसैंमा शिल्पा छबिकी चौथी श्रीमतीका रुपमा भित्रिएकी थिइन्।
त्यसअघि तेस्री श्रीमतीका रुपमा रहेकी अभिनेत्री रेखा थापा र छबिबीच केह वर्षअघि नै सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया