879
Shares
लन्डन । चितवन एड ट्रस्ट यूके ( क्याट) यूकेको अध्यक्षमा जिवन सेन विजयी भएका छन् ।
आइतबार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार यादव श्रेष्ठलाई पराजित गर्दै सेन अध्यक्ष निर्वाचित बनेका हुन् । उनीहरु दुवैजना अघिल्लो कार्यसमितिका उपाध्यक्ष हुन् ।
नयां कार्यसमितिको ३ जना उपाध्यक्षमा राम भट्टराई , शालिक सापकोटा र पार्वती पौडेल निर्वाचित भएका छन् ।
महासचिवमा टिएन रिजाल विजयी बने । क्याट यूकेको नयां कार्यसमितिका लागि अरु पदमा सर्वसम्मत भएपनि अध्यक्ष, उपाध्यक्ष र महासचिव पदका लागि निर्वाचन गराइएको थियो ।
आइतबार समन्न अधिवेसनबाट निर्वाचित नयाँ समितिको कार्यलाल २ वर्ष रहनेछ ।
