दंगल फेम नायिका जायरा वसिमले बलिउडबाट सन्यास लिएपछि यसले एउटा बहष नै सृजना गरेको छ । जायराले बलिउडमा काम गर्दा आफु इस्लामबाट टाढा हुँदै गएको , गलत बाटोमा हिडेको आफु बलिउडका लागि नबनेको भन्दै बलिउडबाट सन्यास घोषणा गरिन् । उनको यस्तो निर्णयले भारत मात्र बलिउड नै दुई खेमामा बढियो । कतिले उनको नितान्त व्यक्तिगत कुरा हो र उनको यस निर्णयलाई सम्मान गर्नु पर्ने बताईरहेका छन् भने कतिले धर्मको नाममा उनले लिएको निर्णय निकै गलत रहेको टिप्पणी गरिरहेका छन् ।

आमिर खानको फिल्मबाट आफनो अभियन यात्रा सुरुवात गरेकी जायराको बलिउड छोड्ने निर्णयप्रति आमिर पनि खुसी नरहेको दाबी गरिएको छ । जायरालाई बलिउडमा जति सफलता मिलेको थियो त्यसमा आमिरको निकै ठुलो हात छ । उनलाई कठिन भन्दा कठिन समयमा आमिरले उनलाई सम्हालेका थिए । त्यसैले आमिरले जायरासंग बलिउड छोडेको बिषयमा कुरा गरिरहेको बताईएको छ।
भारतीय मिडियाका अनुसार आमिरले उनलाई फकाईरहेका छन् । अब उनले आफनो निर्णयबाट पछि हट्छिन् वा के गर्छिन् त्यो भोलीको कुरा हो तर सानो उमेरमा नेशनल पुरस्कार समेत जित्न सफल जायराको सन्यासले बलिउडले एउटा राम्रो कलाकार गुमाएको टिप्पणी पनि भईरहेको छ ।उनले पछिल्लो पटक अभिनय गरेको फिल्म सिक्रेट सुपरस्टार हो भने आउँदो रिलिज फिल्म द स्का्रई ईज पिंक हो । जुन अक्टोबर ११ मा रिलिज हुँदैछ ।