२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए यूकेको उपाध्यक्षमा युवा व्यवसायी खरेलले उमेद्वारी दिने

2374 Shares
Spread the love

लण्डन । बेलायती नेपाली समाजमा अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचनले निकै चर्चा परिचर्चा पाइरहेको छ भने उमेद्वारी घोषणा गर्ने र सदस्यता बनाउने क्रम पनि तीव्र रुपमा बढ्दै गइरहेको छ । एनआरएनए यूके उपाध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी रुपमा परिचित बिष्णु खरेलले उमेद्वारी दिने भएका छन् ।

करिब दुई दशक अगाडी बेलायत अएका खरेल परोपकारी काममा निकै सक्रिय छन्  । आफुले केहि लिनुभन्दा पनि नेपाली समाजलाई केहि दिनसक्छु भनेर एनआरएनए अभियानमा हेमिएको खरेलले बताए ।

नेपालका भुकम्प पिडीतहरुलाई करिब ५ लाख रुपैयाँ सहयोग गरेका खरेल  लामो समयदेखि विभिन्न सामाजिक काममा सकृय छन् । उनी अब गैरआवासीय नेपाली संघ मार्फत समाजमा थप केही गरौं भन्ने भावना बोकेर उपाध्यक्षमा उम्मेदवार निर्णयमा पुगेको बताए । उनी बेलायतस्थित एक सफल युवा व्यवसायीका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया