२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए आइसिसी सचिवमा विनय अधिकारीले उम्मेदवारी दिने

1592 Shares
Spread the love

लण्डन । बेलायतमा रहि विभिन्न पेशा ब्यावसाय तथा सामाजिक सेवामा सक्रिय विनय अधिकारी हाल गैरआवासीय नेपाली संघ यूकेको उप-महासचिव हुन । अदम्य आँट उर्जा र दृढ स्वभावका उनी आफ्नो कार्यकालमा अग्रणी छवी कायम गर्न सफल रहे ।

सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आएका उनी नेपाल बाहिर रहेका नेपालीका साझा सबाल र मुद्दाबारे सचेत छन ।

डेढ दशकदेखि प्रवासमा रहि विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारी एनआरएनए युकेमा मात्र नभई केन्द्रिय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन् ।

बेलायतमा रहेका गैरआवासीय नेपालीका समस्या तथा वीरता र साहसको पर्यायका रुपमा विश्वविख्यात ब्रिटिश भूपू गोर्खा सैनिकले ब्यहोर्नु परेको पिडाबारे आफ्नो कार्यकालमा निरन्तर आवाज उठाउदै आएका उनी विश्वभर रहेका नेपाली र उनीहरुले भोग्नुपरेका समस्या र कठिनाईबारे सचेत छन् ।

गैरआवासीय नेपाली संघ केबल एक संस्थामात्र नभई विश्वभरका नेपालीलाई समेटदै नेपाल र नेपाल बाहिरको नेपाल जोडने बलियो पुल बन्नुपर्ने मान्यतामा अडिग अधिकारी केन्द्रीय कार्यसमितिमा रहि आफ्ना अनुभवलाई कार्यान्वयनमा रुपान्तरण गर्न चाहान्छन् ।

सन २०१३ बाट एनआरएनए अभियानमा होमीएर सन २०१७-१९ सम्म एनआरएनए युकेमा उप महासचिव समेत बनेका उनी छोटो समयमा फडको मार्न सफल प्रेरणादायी ब्यक्ती पनि हुन । डेढ दशक लामो प्रवास बसाई र त्यसक्रममा सिके भोगेका अनुभवलाई नेपालसँग जोडने लक्ष्य लिएका अधिकारी पत्रकारितासँगै सामाजिक अभियन्ता पनि हुन्  ।

चितवन एड ट्रस्टमा महत्वपूर्ण भूमिका खेलेका उनी सन २०१५ देखि ग्लोबल गोर्खा समाज नेटवर्कमा समेत आवद्ध छन् । एनआरएन यूकेमा निर्वाचनका लागि १० हजार पञ्जिकृत सदस्य बनाउने बृहत अभियानमा जुटेका उनी स्मार्ट एण्ड डिजिटल एनआरएन बनाउने प्रयासमा छन् ।

गैर-आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा नर्दन आयरल्याण्ड,स्कटल्याण्ड तथा वेल्समा पनि एनआरएनए क्षेत्रीय समित गठनमा उनको महत्वपूर्ण भूमिका रह्यो ।

गैरआवासीय नेपालीको नागरिकता,गैरआवासी नेपाली लगानी तथा ब्रिटिश भूपू गोर्खा सैनिकका सबालबारे गत मे २५ मा बेलायतमा सम्पन्न महत्वपूर्ण कार्यक्रमको कुशल संयोजन गरेका अधिकारी नेतृत्व क्षमतामा अब्बल छन् ।

केन्द्रीय कार्यसमिति देखि विश्वभर रहेका गैरआवासीय नेपाली संघ राज्यसमितिमा समेत आफ्नो बलियो पकड बनाएका उर्जाशिल युवा विनय अधिकारी गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा केन्द्रीय कार्यसमिति सचिवका बलियो दाबेदार मानिन्छन् ।

प्रतिक्रिया