1263
Shares
काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड नगरी विधेयकको रुपमा ल्याउन आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले माथेमा कार्यादलको प्रतिवेदनको आधारमा जनभावना अनुरुप जारी गरेको अध्यादेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको एउटै मात्र समाधान भएको बताएका छन्। सरकारले तोडमोड गरेर विधेयक ल्याउन खोजे कांग्रेसको विरोधको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिती थप गम्भीर बन्दै गएको भन्दै प्रधामन्त्रीसँगको भेटमा चिन्ता व्यक्त गरेको देउवाले ट्विट गरेका छन्। उनले सरकारलाई डा. केसीसँग तत्कालै वार्ता गरेर माग पुरा गर्दै जीवन रक्षा गर्नु सरकारको कर्तव्य भएकोबारे प्रधानमन्त्रीलाई सचेत गराएको उनले बताएका छन्।