फ्रान्सको लेजियों एथ्रंजेर (फ्रेन्च आर्मी) मा कार्यरत नेपाली दुर्गा मगरको आइतवार बेलुकी असामाहीक निधन भएको छ। नेपालमा सोलुखुम्बु जिल्ला टाप्तिङ चैलुङमा बसोबास गर्ने र करिब १२ बर्ष देखी फ्रान्समा बस्दै आइरहेका उमेरले ३५ बर्षीय दुर्गा मगरको खोलामा पौडी खेल्दा खेल्दै अचानक निधन भएको थियो । पौडी खेल्न सिपालु र खेलकुदमा रुचि राख्ने दुर्गा मगरको अत्याधिक तापक्रमको बेलामा चिसो पानीमा पौडी खेल्दा हाइड्रोक्युसन वा हृदयघात भएको हुन्सक्ने प्रतक्ष्यदर्शीहरुले बताएका छन। मृत्युको कारणबारे प्रारम्भिक मेडिकल रिपोर्टमा उनको मृत्युको प्रमुख कारण पानिमा डुबेरनै भएको भनिएको छ र कसरि त्यस्तो हुन् गयो भन्ने थप विवरण आउन बाँकी छ।
एक हप्ता पछी कामकै शिलशिलामा मिसन को उनी लागी अन्य देशमा जानुपर्ने थियो । मिसनमा जानु भन्दा अगाडी उनले केही दिनको बिदा पाएका थिए। साथीहरु संगै बिदा मनाउने क्रममा उनी पौडी खेल्न र पिकनिक गर्न फ्रान्सको दक्षिणमा पर्ने निम र आभिन्यों नजिकैको खोलामा पुगेका थिए । दुर्गा मगरले २ हप्ता अगाडी मात्रै नगरपालिकामा विवाह गरेका थिए । उनकी श्रीमती हाल फ्रान्समै छिन। श्रीमतीका साथै उनको परिवारका सदस्यहरुमा नेपालमा आमा र खाडी मुलुकमा एकजना भाई रहेको छ। अत्यन्तै मिलनसार स्वभावका दुर्गा मगरको आसमाहिक निधनको खबरले फ्रेन्च आर्मीमा कार्यरत नेपालीहरु र उनलाई चिन्ने सबैलाई अत्यन्तै दुखित बनाएको छ ।
स्वर्गिय दुर्गा मगरको पार्थिव शरीर अहिले अस्पातलमा रखिएको छ । अस्पातलबाट मेडिकल रिपोर्ट र अनुमती आएपछी उनी कार्यरत आर्मीको रेजिमेन्टले श्रद्वन्जली दिने र उनको पार्थिव शरीर छिट्टै नेपाल पठाउने तयारी सुरु गरिएको छ।
फ्रेन्च आर्मीमा कार्यरत स्वर्गीय दुर्गा मगरका साथीहरुले शव नेपाल पठाउन र परिवारलाइ सहयोग गर्न फण्ड कलेक्सन सुरु गरेका छन्। : https://www.leetchi.com/c/soutiens-la-famille-de-caporal-chef-magar-durga?fbclid=IwAR2-rEOQEFcSaINbwX3fcIh92kNxlhqKV4JeShreW7Bep_qj1egi-aYPpgs