२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनए आईसिसी सदस्य सिमखडालाई कारवाही माग

1719 Shares
Spread the love

लन्डन । गैरआवासीय नेपाली संघ युकेका अध्यक्षका चार प्रत्यासीले एनआरएनए आईसिसी सदस्य रामशरण सिंखडाले निर्वाचन आचार संहिताविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् ।

एनआरएनए युकेको आगामी सेप्टेम्बर १४ मा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासीहरु शेर सुनवार, प्रेम गहामगर, शुशिला राई र ललित न्यौपानेले एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीलाई आइतवार कारबाहीको माग गर्दै एक ज्ञापन पत्र बुझाएका छन् ।

संयुक्त उजुरीमा कुनै एक उम्मेदवारका पक्षमा लविङ गर्ने, जातीय र राजनीतिक समूह बनाउँदै हिँडने, उम्मेदवारका सामाजिक संजालमा लाइभ गर्ने र भोट माग्दै हिँड्ने गरेको आरोप लगाइएको छ । उनकाे क्रियाकलापबाट राष्ट्रिय महाधिवेसन सन्चालनसम्बन्धी नियमावली २०१९ को उल्लंघन भएको समेत दाबी गरिएको छ ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष भवन भट्टलाई समेत बोधार्थ दिएर युके अध्यक्ष योगकुमार फगामीलाई बुझाएको उजुरीमा आईसीसी सदस्य सिंखडाका गतिविधिले निष्पक्षता माथि गम्भिर प्रश्न खडा भएको जनाइएको छ । उजुरीमा यस्ता गतिविधि रोक्न नसके बेलायती नेपाली समाजमा भ्रम सिर्जना भई चरम ध्रुवीकरणमा जाने चेतावनी चार अध्यक्षका प्रत्यासीले दिएका छन् ।

प्रतिक्रिया