✒️आशिष तामाङ (mission tour),
अमेरिका – हामी नेपाली ग्लोबल अन्र्तराष्ट्रिय संस्थाका वोर्ड अफ डाईरेक्टर चिरञ्जीबी गौतम नेपालमा कृषी सम्बन्धीको सम्भाव्यता अध्ययनका लागी अमेरिकाबाट नेपाल प्रस्थान गरेका छन ।
अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलको समन्वयमा गौतम हिजो नेपाल प्रस्थान गरेका हुन ।

हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपालीलाई एकबद्ध बनाई आफ्नो राष्ट्र र मातृभुमीको विकासमा समेत भुमिका खेल्ने अभिप्रायले सो कार्यक्रमलाई प्राथमिता दिएको हो । संस्थाले नेपाल सरकार सँग समन्वय गर्दै कृषी लगायतका विभिन्न आर्थीक उपाजनका क्षेत्रम लगानी गर्न चाहेको संस्थाका केन्द्रीय उपाध्यक्ष टेक वाईवाले जानकारी दिएका छन् ।
उनले भने ‘हामी नेपाली ग्लोबल संस्थाले नेपालका विभिन्न ठाँउहरुका कृषी क्षेत्रहरुको अध्ययन अवलोकन गरी कृषी कार्यक्रम भित्राउने अभिप्रायले संस्थाका वोर्ड अफ डाइरेक्टर चिरञ्जीबी गौतमलाई अध्ययन एव्म अवलोकनका लागी नेपाल पठाएको हो ।’ उहाँले अध्ययन अवलोकन गरेको आधारमा कुन जिल्ला र क्षेत्र उपयुक्त हुन्छ, त्यसको आधारमा कार्यक्रम भित्राउने छौं ।’
उपाध्यक्ष वाईवा अनुसार गौतमले नेपाल च्याप्टरसँग छलफल गरी विभिन्न जिल्लामा अध्ययनको लागी जाने कार्यक्रम रहेको छ । नेपाली युवाहरु स्वदेशमा रोजगार नपाउदाँ विदेशीने क्रम बढ्कोले विदेशीने युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गराई देशकै विकासमा आफ्नो श्रम खर्चिउन भन्ने समेत संस्थाको उदेश्य रहेको बताए ।
गौतमले कृषी क्षेत्रका विषयहरुमा नेपाल सरकार, सरकारी निकाय र कृषी क्षेत्रका विज्ञ एव्म व्यवसायीहरु सँग छलफल समेत गर्ने संस्थाले जनाएको छ ।
त्यस्तै गौतमले नेपाल च्याप्टरसँग संस्थाको बारेमा भए गरेका उपलब्धी र भावी कार्ययोजना बारे छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।