२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेको अध्यक्ष पदका प्रमुख दावेदार शेर बहादुर सुनारले ७ जुलाईमा घोषणा सभा गर्दै

1591 Shares
Spread the love

अल्डरशट । एनआरएन युकेका उपाध्यक्ष तथा बेलायत स्थित दर्जनौं नेपाली संघसंस्थामा आबद्ध रहेर बरिष्ठ समाजसेवीको परिचय बनाएका शेर बहादुर सुनारले  एनआरएन युके (२०१९-२०२१)को अध्यक्ष पदका लागि अधिकारिक उम्मेदवारी घोषणा र आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएका छन्  ।

एनआरएन यूकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठको कार्य समिति सदस्यदेखि विभिन्न पदमा रहेर काम गर्दै आएको अनुभव बटुलेका सुनारले १७ -१९ उपाध्यक्ष पदमा रही एनआरएन युकेका हरेक कार्यक्रममा आफ्नो उपस्थिति सहित विभिन्न राज्य परिषद हरुमा पुगी राज्य परिसद गठन एबम सदस्यता वितरणमा आवश्यक पहल कदमी गराउने देखि गैर आवासीय नेपाली नागरिता निरन्तरताका विषयमा संयोजक भई नेपालका प्रधानमन्त्री लगायत मन्त्रि हरुलाई ज्ञापन पत्र बुझाउन समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए  ।

अल्डरशटको एम्पायर हलमा ७ जुलाई आइतबारका दिन उक्त घोषणा सभा आयोजना गर्न लागेको कुरा अध्यक्षका प्रमुख दावेदार  शेर सुनारले जनकारी दिए । उनले  सो उम्मेदवारी घोषणा सभामा उपस्थित भई हौसला दिनुहुन बेलायतबसी सबै नेपालीहरु माझ आब्हान गरेका छन् ।

प्रतिक्रिया