असार १२ -नेपाली सिनेमा क्षेत्रकी सदाबहार नायिका करिश्मा मानन्धर तत्कालीन नयाँ शक्ति पार्टीमा स्थापना कालदेखि नै निरन्तर लागेकी थिईन् । उनले बाबुराम भट्टराईको सिद्धान्तबाट आफु प्रभावित भएको भन्दै उनले पार्टीको राजनीतिक गतिविधीमा सक्रिय भएर लागेकी थिईन् । तर नयाँ शक्तिले तत्कालीन संघिय समाजवादी फोरमसंग एकता गरेपछि करिश्माको चर्चा हरायो । पार्टी एकतादेखि जिम्मेवारी बाँडफाँडसम्म आईपुग्दा करिश्मा मौन थिईन् । उनी नयाँ पार्टी गठन भएपछि उनी कता हराईन भनेर पनि खुबै टिकाटिप्पणी भएको थियो । पछि करिश्माले बाबुरामको साथ छोडेको भन्दै अभिव्यक्ति दिईन् ।
उनले पार्टीभित्र आफुलाई कुनै स्थान नदिईएकोले भूमिकाबिहिन भएर बस्न नसकेकोले पार्टी परित्याग गरेको बताएकी थिईन् ।त्यतीबेला उनले आफुले पार्टीमात्र छोडेको र राजनीति नछोडेको बताएकी थिईन् । त्यतीमात्र होईन उनले आगामी चुनावमा स्वतन्त्र उम्मेद्वारको रुपमा उठ्न सक्ने समेत बताएकी थिईन् । करिश्माले बाबुरामको साथ छोडेपछि निकै टिकाटिप्पणीहरु भएका थिए । यसबीच समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले करिश्माले पार्टी त्याग नगरेको बताएका छन् ।

उनले करिश्मालाई २ बर्षको छुट्टी दिएको अभिव्यक्ति दिएका छन् । जात्रै जात्रा फिल्म हेर्न पुगेका भट्टराईले पत्रकारहरुसंग कुराकानी गर्दै भने “पार्टी परित्याग होईन । उहाँ कहिले बढि सक्रियरुपमा लाग्ने कहिले नलाग्ने कुरा मात्र हो । अहिले उहाँ पढाईमा हुनुहुन्ँछ । १२ कक्षसम्म पढ्छु भन्नु भएको छ । त्यसैले उहाँलाई हामीले एक प्रकारको छुट्टी दिएका हौँ । २ जति वहाँ त्यती सक्रिय पनि हुनुहुन्थेन , अझै २ बर्ष पढछु भन्नु भाछ । २ बर्षदेखि उहाँलाई छुट्टी दिएका पनि छौँ । त्यसैले यसलाई हामीले अन्यथा लिएका छैनौँ” । यता करिश्माले भने पार्टीले आफुलाई भूमिका बिहिन बनाएको भन्दै पार्टी परित्यागको घोषणा गरिसकेकीछिन् ।