1345
Shares
अभिनेत्री कृति भट्टराई बैवाहिक जीवनमा बाँधिएकीछिन् । विश्वास ,उपहार ,नको सम्झनामा लगायतका फिल्महरुमा अभिनय गरिसकेकी कृतिले रोहित पौडेलसँग आज दोस्रो बिवाह गरेकी हुन् । गहना , कसलाई आफ्नो भनुँ लगायतका टेलिश्रृङखलाहरुमा समेत अभिनउ गरेकी कृतिले दरबारमार्गस्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्पराअनुसार बिवाह गरेकी हुन् ।
बिवाहमा दुबैको परिवारका सदस्यहरुमात्र सहभागी बनेका थिए । कृतिले यसअघि सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग बिवाह गरेकी थिईन् । अन्तरजातिय बिवाह गरेकी कृतिको बैवाहिक जीवन ढिभोर्समा टुङगिएको थियो । लामो समय पर्दाबाट टाढै रहेकी कृति चर्चित संचारकर्मीसमेत हुन् । हाल फिल्ममा अभिनय नगरे पनि संचारको दुनियाँमा भने निरन्तर लागिरहेकीछिन् । डिभोर्सपछि एकल जीवन बिताईरहेकी कृति यो बिवाह पनि प्रेम बिवाह गरेको बताईएको छ ।