२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेको सह-कोषाध्यक्ष पदमा चालिसेले उम्मेदवारी दिने

1911 Shares
Spread the love

लण्डन । गैर आवासीय नेपाली संघ(एनआरएन) युकेको आगामी निर्बाचनमा युवा ब्यबसायी बिष्णु चालिसेले सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

मिडल्याण्डमा लामो समय देखि बसोबास गरि ब्यबसायी र समाजीक सेवा गर्दै आउनु भएका बिष्णु चालिसे आगामी २९१९ /२१ को लागि हुन गइरहेको नवौ कार्यसमितिको सह-कोषाधक्ष्य पदको लागि उमेदवारी दिनु भएको हो । गत हप्ताको सोमबार नटिंगहममा भएको सामुहिक घोषणामा सर्बसमतले उहालाई साझा उम्मेदवारको रुपमा अगाडी बढाएको छ ।

चालिसेले मिडल्याण्डमा केन्द्रित भएर बिभिन्न ब्याबसायहरु संचालन गर्दै आएका एक युवा ब्यबसायिक हुन् हाल उनले दुईवटा काठमाडौं गोर्खा रेस्टुरेनट संचालन गरिरहेका छन् ।

आफ्नो ब्याबसाय सगै चालिसे सामाजिक संघ-सस्थामा पनि निकै सक्रिय युवा हुन् । हाल उनी मिडल्याण्डमा रहेको साझा नेपाली समाजको उपाधक्ष्य छन् भने यस अघि उनी सस्थापक सदस्य हुदै महासचिब थिए, भने गल्कोट समाजका पूर्व उपाधक्ष्य हुन् ।

नटिंगहमसमाजका पूर्व अध्यक्ष चालिसेले उहाको कार्यकालमा नेपालमा दैविक प्रकोप भुकम्पको दुखद घटना पर्दा उहा र उहाको टिमले करिब १२ लाख रकम संकलन गरि नेपाल सरकारका प्रधानमन्त्री स्वगीय श्री सुसिल कोइरालाज्युलाइ प्रतक्ष्य भेट गरि सहयोग रकम हस्तारण गर्नु भएको थियो । सोहि समयमा आफ्नो ब्यबसायीबाट च्यारेटि गरि करिब सात लाख रकमको सहयोग गरेका थिए ।

चालिसेले एनआरनए युकेको सह-कोषाध्यक्ष रुपमा सस्थालाई आर्थिक रुपले पारदर्शी र निकै सब्बल बनाउने गरि काम गर्ने पूर्ण विस्वास गरेका छन् र सम्पूर्ण बेलायत बासि नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई जित दिलाउन हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया