1222
Shares
बलिउडका चर्चित नायक सलमान खान एक पटक फेरी कानुनको झमेलामा फसेको छ । उनलाई एक पत्रकारले बिचबाटोमा कुटपिट तथा धम्काएको आरोपमा केस दर्ता गराएका छन् ।
सलमान मात्र नभई उनका बडिगार्डलाई समेत मुद्धा दर्ता गराएका छन् । केस दर्ता गराएका पत्रकारको नामा अशोक पाण्डे रहेको छ । उनी एक न्युज च्यानलमा काम गर्ने गर्छन् । जुन कुरा पत्रकारको वकील नीरज गुप्ताले पुष्टि गरेका छन् । पत्रकारले मुंबईको अंधेरी मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टमा सरमानको बिरुद्धमा शिकायत दर्ता गराएको थियो । यस मुद्धाको सुनुवाई १२ जुलाईमा हुने छ ।
एक मीडिया हाउससंग कुरा गर्दै पत्रकारको वकीलले घटना हुने बत्तिकै उनको क्लाइंटले डीएम नगर प्रहरी चौकीमा लिखित उजुरी दर्ता गराएको थियो । तर सलमानको पुलिसले कुनै कार्वाही गरेको थिएन । सो पश्चात सलमानलाई अदालतमा मुद्धा दर्ता गराएको थियो ।