२०८३, २३ कार्तिक आईतवार
×

प्रकाशलाई अछुत भन्दै गाली आएपछि शम्भुले खोले मुख

1443 Shares

अहिलेको चर्चित गीत गलबन्दी बिवादले सामाजिक सञ्जालदेखि संसदसम्म तातेको छ । प्रकाश सपुतले ल्याएको गलबन्दी गीतमा आफनो लय मिलेको भन्दै शम्भु राईले दाबी गरेपछि अहिले यो बिवाद कपीराईसम्ममात्र नभई जातिय विभेदसम्ममा आईपुगेको छ । हुनत शम्भुले प्रकाशलाई चोरी नै गरेको पनि भनेका छैनन् । संयोगबस मिले पनि गीतमा आफनो नाम आउनु पर्ने उनले माग राखे । जुन माग प्रकाशले मानेनन् । अनि शम्भुले प्रकाशबिरुद्ध कपीराईट रजिष्टर कार्यालयमा उजुरी नै दर्ता गरेका छन् । यता यो बिवाद यसरी लम्बियो अनि तात्यो की शम्भु राईका एक जना समर्थकले पकाश सपुतलाई अछुत र दलित भन्दै होच्चाएपछि यसले ठुलो रुप लिएको छ ।

प्रकाशलाई यसरी गाली बर्सिएपछि सांसदहरुले समेत त्यस्तो अभिव्यक्ति दिनेलाई कारवाही गर्न माग गरेका छन् । यसबीच शम्भु राईले पनि प्रकाशलाई दलित अछुत भनिएपछि आपत्ति जनाएका छन् । उनले आफुले छूत-अछुत  र जाती र पाती छुट्याउने रितलाई नमान्ने भन्दै कसैलाई पनि त्यस्तो टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले जातीय बिबाद र सामाजिक सद्भाव खल्बल्याउने मनसायले केही आपत्तिजनक अभिव्यक्तिहरु पनि प्रकट भएको देखिएको असन्तुष्टी जनाएका हुन् । उनले प्रकाशसंग आफनो मुद्धा नितान्त प्रतिलिपि अधिकारसंग मात्र रहेको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् मानिस छूत-अछुत हुन्छ म भन्दै भन्दिन !   जाती र पाती छुट्याउने रितलाई म मान्दै मान्दिन !!  २०३४ सालदेखि जातीय मुक्तिको लागि सांगीतिक क्रान्ति गर्दै जनताको माझमा गाउँदै आएको म शम्भु राईबाट
स्वदेशदेखि विदेशसम्म रहनु हुने मेरा आदरणीय श्रोता-दर्शक ज्युहरुमा हार्दिक नमस्कार अनि अभिबादन गर्दछु” ।

“केहि दिन यता गायक तथा संगीतकार भाई प्रकाश सपुतले गलबन्दी बोलको गीत म्युजिक भिडियो युट्युबबाट सार्वजनिक गरेको देखियो र उक्त शब्द संयोजनमा मेरो देउसी भैलो गीतको “आउ नाचौं साथी होू” भन्ने शब्दमा राखिएको मेरो कम्पोज (भाका र लय) मिल्न गएको विवादित बिषय नितान्त प्रतिलिपि अधिकारसंग सम्बन्धित रहेको अवगत गराउन चाहन्छु साथै यही बिषयलाई लिएर सामाजिक संजालहरुमा निक्कै टिका-टिप्पणीका बिच अहिले जातीय बिबाद र सामाजिक सद्भाव खल्बल्याउने मनसायले केही आपत्तिजनक अभिव्यक्तिहरु पनि प्रकट भएको देखिएको र सुनिएको हुँदा त्यस प्रति म धेरै दुखित छु साथै यस्ता अमर्यादित किसिमले सामाजिक संजालबाट कसैले पनि अभिव्यक्ति नदिन हुन म सम्पूर्ण दाजु-भाई तथा दिदी-बाहिनीहरुमा बिनम्र अनुरोध गर्दछु” । शम्भु राईले गलबन्दीको लय आफनो गीतसंग मिलेको दाबी गरिरहेका छन् तर प्रकाश भने यस कुरालाई मान्न चाहादैनन् । यता प्रकाश र शम्भुलाई लिएर दर्शक , श्रोताहरुदेखि संगितकर्मीहरु समेत बाढिँएका छन् ।

प्रतिक्रिया