लण्डन । ब्रिटिश एस्ट्रोलोजीस्ट तथा नेपाल रियल इस्टेट अर्गनाइजेसन्का अध्यक्ष(राज)नरेश सिंह र गैर आबासीय नेपालि संघ बेल्जियमका आइसीसी सदस्य पदम गुरुङलाई बेलायतमा एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
लण्डनको प्ल्मस्टिडमा रहेको गोर्खा क्लबमा नेपालबाट बेलायत भ्रमणमा आएका राज सिंह र बेल्जियमबाट आएका पदम गुरुङको सम्मानमा एक अन्तरक्रिया भेटघाट कार्यक्रम राखिएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता एनआरएनए युकेका उपाध्यक्ष ललित कुमार न्यौपानेले गरेका थिए भने एनआरएनए आइसीसी अनररी मेम्बर मोहन गुरुङ ,एनआरएनए युकेका सदस्य अर्कराज तिम्सिना ,आर जी एन एस का अध्यक्ष हरि गोबिन्द गुरुङ र सम्मानित व्यक्तित्वहरुले आफ्नो भनाइ राखेका थिए ।
एनआरएनए आइसीसी अनररी मेम्बर मोहन गुरुङ र एनआरएनए युकेका उपाध्यक्ष ललित कुमार न्यौपानेले खादा र टोकन अफ लव प्रदान गरी सम्मान गरेका थिए ।

सो कार्यक्रममा एनआरएनए ,एस्ट्रोलोजी तथा रियल इस्टेट बिषयमा छलफल र अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको संचालन येति एसोसियसनका महासचिब डा.मुकुन्द बास्तोलाले गरेका थिए भने स्वागत र धन्यवाद ज्ञापन ललित न्यौपानेले गरेका थिए ।
कार्यक्रममा एनआरएनए युकेका सदस्य जित रानाभाट , जेन्स युके का महासचिब तिलक भट्टराई , बरिस्ट साहित्यकार बासु शर्मा ,बिनोद न्यौपाने ,मदन पौडेल ,कुश बस्नेत ,इनासका महासचिब मनिस श्रेष्ठ,शंकर जंग गुरुङ लगायतको उपस्थिति रहेको थियो ।