२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पत्रकार र एनआरएनबीच अन्तरसम्वाद सम्पन्न

1742 Shares
Spread the love

फोटो : शिव भण्डारी

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपालबाट आएका वरिष्ठ पत्रकारहरु तथा बेलायतस्थित नेपाली संघ- सस्था र समुदायका विभिन्न ब्यक्तिहरुको उपस्थितिमा एक अन्तरसम्बाद कार्यक्रम सम्पन्न गरेको छ । लन्डनस्थित ह्यारो फुटवल क्लवमा शनिवार सम्पन्न अन्तरसम्बादमा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले समुदाय र पत्रकार एकअर्का संग हातेमालो गरी अघि बढनु पर्नेमा जोड दिए ।

नेपालबाट आफ्नो व्यक्तिगत भ्रमणमा बेलायत आएका नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य ,नेपाल प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, अनलाईन खवर डटकमका समाचार सम्पादक मातृका पौडेल र पूर्व पत्रकार तथा एन आर एन महिला संयोजक संगीता मरहट्टा को सहभागितामा बेलायतस्थित संघसस्थाका प्रतिनिधिवीच अन्तरसंवाद गरिएको थियो ।

प्रमुख अतिथिका रुपमा बोल्दै नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले नेपालमा हाल चर्चामा रहेको मेडिया काउन्सिल बिधेयकले पत्रकारको लेख्न र बोल्न पाउने अधिकार तथा जनताको सुसुचित हुन पाउन्नु पर्ने अधिकार दुवै हनन हुने बताए। उक्त बिधेयक नेपालको हालको संविधानको मूल मर्मका बिरुद्ध रहेको बताउदै प्रेसले स्वतन्त्र भएर कामगर्न नसक्ने र यसले नागरिक सर्बोच्चता र प्रजातन्त्रको बिरोधि रहेको बताए। अर्का पत्रकार एबम नेपाल प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारीले पनि मेडिया बिधेयकले पत्रकारहरुको मानब अधिकार हनन गर्ने बताउदै बरु हाल भैरहेको प्रेस काउन्सिलको नियाम , कानुन लाइनै परिमार्जन गरेर लागेको भए राम्रो हुने विचार ब्यक्त गरे । अनलाईन खवर डटकमका समाचार सम्पादक मातृका पौडेलले भने मेडिया काउन्सिल बिधेयक एक राजनीतिक कुरा भएकोले यसमा युनियन ,पत्रकार महासंघ,प्रेस काउन्सिल लगायतले बिरोध जनाइरहेको तर आफ्नो बिचारमा नियम, कानुन बन्नु राम्रै भएको बताए। साइबर बुलिंगको समस्या ज्यादै भएकोले त्यसमा नियन्त्रण गर्नुपर्नेमा पौडेलले जोड दिए। पूर्व पत्रकार तथा एन आर एन महिला संयोजक संगीता मरहट्टाले एन आर एन र पत्रकारहरुमिलेर बिदेशमा रहेका नेपालीका समस्याहरुलाई बाहिर ल्याएर समाधानको लागि आवाज उठाउनुपर्ने बताइन।

एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले सामाजिक संस्थाहरुबीच हातेमालो जरुरी रहेको बताए । उनले एनआरएनएले समाजमा खेलेको राम्रा कामलाई पत्रकारिताले विश्वभर फैलाउन मद्दत गरिरहेकोमा धन्यवाद दिए । अध्यक्ष फगामीले आगामी दिनमा पनि एनआरएनए र पत्रकारवीच सहकार्य जरुरी रहेकाले यस्ता अन्तरसंवादलाई जारी राख्नुपर्नेमा जोड दिए । प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले औपचारिक कार्यक्रममा मात्र सीमित नरही अनुसन्धानमूलक समाचार सम्प्रेषणका लागि पत्रकारहरुलाई आग्रह गरे । तमुधी यूकेका अध्यक्ष नन्दजंग गुरुङले तमुधीयूके पत्रकारसँग हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार भागीरथ योगीले प्रवासमा नेपाली मिडिया, मिडिया काउन्सिल विधेयक, प्रवासीका समाचारलाई नेपाली संचार माध्यममा सिधा पहुचका विषयमा समुहगत अन्तरसम्बाद चलाएका थिए । उक्त अन्तरसम्बादमा नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, प्रेस काउन्सिलका सदस्य भण्डारी, पत्रकार पौडेल र मरहठ्ठाले भाग लिएका थिए । उक्त अन्तरसंवादमा फ्लोरबाट उठाइएका प्रश्नहरुको चारै जनाले जवाफ दिएका थिए ।अन्तरसम्बादमा बरिष्ठ पत्रकार खगेन्द्र नेपालीले बिषयबस्तु प्रष्ट नभएको बताउदै नेपालीले विदेशमा पूर्णकालीन रुपमा पत्रकारीता गर्ने पत्रकारको संख्या कम भए पनि पछिल्ला तीन चार बर्ष देखि आर्कषक पेशाको रुपमा पत्रकारीता बिकसित हुँदै गएको वताए ।

महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा सम्पन्न अन्तरसम्बादको संचालन महासंघ यूके शाखाका महासचिव संजयभक्त कडेलले गरेका थिए । अन्तरसंवाद कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुव अर्यालले धन्यवाद ज्ञापन गरे भने कार्यक्रमका संयोजक शाखाका अर्का वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले अन्तरसंवादले सामाजिक अगुवा र पत्रकारलाई एकअर्कामा बुझ्न सजिलो हुने विश्वास लिएको बताए ।

अन्तरसंवादमा नेपाल प्रेस यूनियन यूकेका अध्यक्ष विपिन निरौला, पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष्य चिरन शर्मा , एन आर एन आइसीसी सदस्य राम शरण सिम्खडा , सिर्जनशील नेपाली समाज यूकेका पुर्वअध्यक्ष धनवहादुर सार्की लगायतले आआफ्नो विचार ब्यक्त गरेका थिए।

कार्यक्रममा जनप्रगतिशील मंच यूकेका अध्यक्ष सुरेश गौतम, तमुधी यूकेका पुर्वअध्यक्ष ज्ञाम गुरुङ, सोलिसिटर राजु थापा, एनआरएनए उपाध्यक्षहरु पुनम गुरुङ, प्रेम गाहामगर, गुल्मी समाज युकेका पूर्वअध्यक्ष राम गलामी, अध्यक्ष टोप पल्ली, पत्रकार राजेन्द्र भट्ट, नेप्लीज सेफ एसोसियसनका अध्यक्ष दधि आचार्य, पूर्वअध्यक्ष कृष्ण तिमल्सेना, व्यवसायी कमल पौडेल, व्यवसायी कृष्ण तिवारी, नेप्लीज व्रिटिश कम्यूनिटीका अध्यक्ष मिलन घिमिरे, बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङ, नेपलिज उमन असोसिएशनका आरती श्रेष्ठ, सरस्वती केसी, क्षमता ढकाल, कमला राना, कलाकार सनम वैराग,पत्रकार फडिन्द्र भट्टराई, व्यवसायी विष्णु खरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया