२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कतारस्थित नेपाली दूतावासले भन्यो – “विनोद रानाभाटलाई कतारमा मृत्युदण्डको सजाय तोकिएको छैन” (बिज्ञप्तिसहित)

763 Shares
Spread the love

काठमाडौं, ९ असार । भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका विनोद रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको कतारस्थित नेपाली दूतावासले स्पष्ट पारेको छ ।

रानाभाटलाई कतारको अदालतले तीन वर्ष जेल सजाय र २ लाख ६० हजार रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको दूतावासको भनाइ छ ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धित अदालतको आदेशअनुसार रानाभाटको ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिनेछ । ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुनेछन् ।

यसअघि रानाभाटलाई कतारमा मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो । दूतावासले त्यस्तो फैसला नभएको जनाएको छ ।

प्रतिक्रिया