२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेको कोषाध्यक्षमा युवा व्यवसायी भट्टराईले उम्मेदवारी दिने

2437 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको आगामी निर्वाचनमा युवा व्यवसायी तिलक भट्टराईले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

आउँदो सेप्टेम्बर १४ मा हुने निर्वाचनबाट चुनिने नयाँ कार्यसमितिमा कोषाध्यक्ष पदमा आफ्नो दाबेदारी उनले सार्वजनिक गरेका छन् । निकट भविष्यमै एक औपचारिक कार्यक्रममार्फत आफ्नो उम्मेदवारीको घोषणा तथा प्रतिबद्धताहरु सार्वजनिक गर्ने उनको योजना छ ।

भट्टराई साउथ ईस्ट लण्डनमा क्षेत्रमा केन्द्रित भएर विभिन्न व्यवसायहरु सञ्चालन गर्दै आएका युवा व्यवसायी हुन् । हाल उनले बेलायतमा ब्रिट ट्यसुन, नम मार्केटिंग, टिआरबी प्रोपर्टी एण्ड सेल लगायतका कम्पनी सञ्चालन गरिरहेका छन् ।

उनले बेलायतबाट बिजनेस मेनेजमेन्ट एण्ड फाइनान्समा मास्र्टस पूरा गरेका छन् । सामाजिक क्षेत्रमा पनि सक्रिय रहंदै आएका भट्टराई बेलायतस्थित विभिन्न नेपाली सामाजिक संस्थामा आबद्ध छन् ।

ग्रेजुएट इन्टरप्रेनर नेप्लिज सोसाइटी (जेन्स) यूकेमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका उनी यती नेपाली एशोसिएसन यूके र रोयल ग्रीनवीच नेप्लिज सोसाइटीमा कार्यसमिति सदस्य छन् ।

एनआरएन यूकेको राज्य समन्वय विभागका सदस्य भट्टराईले स्कटल्याण्ड राज्य परिषद गठनका लागि संयोजकको जिम्मेवारी समेत सम्हालेका थिए ।

एनआरएन यूकेको कोषाध्यक्षका रुपमा संस्थालाई आर्थिक रुपले पारदर्शी र सबल बनाउने गरी काम गर्ने संकल्प भट्टराईले गरेका छन् ।

प्रतिक्रिया