२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

परिवार सम्पर्कमा नआउँदा कुवेतमा ज्यान गुमाएकी सुमित्राको शव नेपाल पठाउन कठिन

814 Shares
Spread the love

कुवेत । परिवार सम्पर्कमा नआउँदा करिव १ महिनाअघि कुवेतमा ज्यान गुमाएकी सुमित्रा जबेगु लिम्बुको शव नेपाल पठाउन कठिन भएको छ ।सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारको रुपमा काम आएकी झापाकी ४१ बर्षिया सुमित्राको गत मे २८ तारिख मृत्यु भएको थियो ।

बिरामी भएपछि उपचारको लागि अस्पतालमा भर्ना गरिएकी सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म पनि मृतकको घरपरिवार तथा आफन्तजनसंग सम्पर्क हुन नसक्दा शवलाई नेपाल पठाउन नसकिएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

पाँचथर जिल्लाबाट सन २०१३ फेब्रुअरी २७ तारिख जारी गरिएको ०६३४६६७४ नम्बरको मृतकको राहदानीमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ भने स्थायी ठेगाना महाभारा-३ झापा जनाइएको छ। उनको नेपाली नागरिकता नं- ०४०१-६९-१०४२० रहेको छ।

हाल उनको शवलाई कुवेतको अस्पतालमै राखिएको छ।

राहदानीको फोटोमा देखिएकी मृतक सुमित्रा वा उनको परिवार एवम् नातेदारलाई चिन्ने जोकोहीलाई पनि नेपाली दूतावास कुवेतको हटलाइन नं ००६५ ९८८६९१२१ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया