लण्डन। एन आर एन युकेको अधिबेशन र सेप्टेम्बरमा हुने निर्वाचन नजिकिदै जादा विभिन्न पदहरुमा उमेद्वारी घोषणाको सिलसीला सुरु भएको छ। अहिलेसम्म औपचारिक र अनौपचारिक रुपमा बर्तमान कार्यसमितिका उपाध्यक्ष्यहरु क्रमश शेर बहादुर सुनार , प्रेम गाहा मगर ,पुनम गुरुङ , सुशीला राइ र ललित नेउपानेले आगामी कार्यकाल ( २०१९-२०२१ ) को लागि अध्यक्ष्य पदको उमेद्वारी दिने घोषणा गरेका छन्। यिनिहरुमध्धे शेर सुनार उमेर र एन आर एन युकेमा आबध्धता , सामाजिक कार्यका हिसाबले सबैभन्दा अग्रणी रहेका छन्।
त्यसो त कार्यक्रम र चहलपहलको हिसाबले बर्तमान अध्यक्ष्य योग कुमार फगामी सफल अध्यक्ष्य भएका कारण फेरी एकपटक उनैले दोहोर्याउने हो कि भन्ने अड्कल पनि कतिपयको छ। तर स्वयम् फगामी भने राम्रो सँग सबैको अपनत्व हुने गरि सबैको साझा र छाता संगठनको रुपमा बिधान बने अधिबेशन र सोहि अनुरुपको निर्वाचन गराएर बिश्राम लिने सुरमा छन्। एन आर एन युकेलाइ वेल्स , स्कटल्याण्ड र नर्दन आयरल्याण्ड सम्म राज्य समिति बिस्तार गर्न सफल अध्यक्ष्य फगामी अब नया विधानमै बिगतको काउन्टीको अबधारणा अनुरुप सबै छेत्र लाइ समेट्नेगरी अझ राम्रो संरचनाको बनाउन लागि परेका छन्। मिडल्याण्डमा हालै सम्पन्न एक कार्यक्रममा सार्बजनिक रुपमै फगामीले उनको धारणा ब्यक्त गरेका थिए।
त्यसको लागि एन आर एन युकेका पूर्व अध्यक्ष्य एबम हालका संरक्षक योगेन बहादुर छेत्रीको संयोजकत्वमा एक बिधान समिति समेत गठन गरिएको छ। बिधान समिति का संयोजकछेत्रीका अनुसार ५ सय भन्दा बढी सदस्य भएको काउन्टिबाट एउटा उपाध्यक्ष्य सहित, एउटा सचिब सहित , केहि सदस्य समेत निर्वाचित हुने हुदा छेत्रीय प्रतिनिधित्व हुने र समाबेसी र अपनत्व हुने बताउछन। छेत्रीले बर्तमान अध्यक्ष्य फगामीको सोच नै भाबिस्यको लागी अपनत्व हुने , सदस्यता बिस्तार हुने र सबै समबिस्ट भै छेत्रीय रुपमा सक्षम व्यक्तिहरु चुनिएर आउने हुदा भबिस्यमा नेतृत्वका लागि व्यक्ति तयार समेत हुने बताए I
साथै ५ सय भन्दा बढी सदस्य भएको काउन्टिमा निर्वाचनको लागि अलग्गै बुथ पनि राखिने छ ।
एन आर एनका पूर्व केन्द्रिय अध्यक्ष्य शेष घलेको “भिजन २०२० एण्ड बियोंड़” को अबधारणा अनुरुप एन आर एन युके अगाडी बढ्ने भएको छ। सस्टेनिबिलिटी पोलिसी अर्थात् स्थिरताको सिधान्न्त अनुरुप आर्थिक रुपमा सस्था सबल र सक्षम हुने पनि बिश्वास ब्यक्त गरिएको छ।