२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपालबाट आएका पत्रकारहरुसंग पत्रकार महासंघ यूकेले अन्तरसंवादमा गर्ने

1651 Shares
Spread the love

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । शाखाले नेपालबाट आएका अग्रज पत्रकारसमेतको उपस्थितिमा नेपाली मिडियामा गैरआवासीय नेपालीहरुको उपस्थिति कसरी प्रभावकारी बनाउने सकिन्छ भन्ने विषयमा अन्तरसंवाद गर्न लागेको हो । नेपालबाट आएका पत्रकारको सहभागितामा शाखाले आयोजना गर्ने उक्त कार्यक्रममा बेलायतस्थित अगुवाहरुले प्रवासको विषयबस्तुमा सिधा अन्तरसंवाद गर्नेछन् ।

सो कार्यक्रममा प्रेस यूनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य , प्रेस काउन्सिलका सदस्य खिलवहादुर भण्डारी र अनलाइन खबर डटकमका समाचार सम्पादक मातृका पौडेल सहभागी हुने निश्चित भएको छ ।

कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अगुवाहरुको सहभागिताले प्रबासी नेपालीका राम्रा काम तथा समस्या नेपाली मेन स्ट्रिम मिडियामा उठाउने बातावरण बन्ने कार्यक्रम संयोजक श्याम लुइँटेलले जनाए ।

संयोजक लुइँटेलले आउँदो शनिबार, २२ जुन ह्यारो बरो फुटबल क्लबमा आयोजना हुने उक्त अन्तरसंवाद कार्यक्रममा महासंघ यूके शाखाका सल्लाहकार, सभासद्, कार्यसमितिका सदस्यलाई सहभागिताका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया