काठमाडौं । धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको सस्थाले युरोपको बेल्जियम र जर्मनी च्याप्टर गठन गरि केन्द्रिय अध्यक्ष अमृत लामा, र कोषाध्यक्ष रविन बज्राचार्य आज अमेरिका फर्किनु भएको छ ।

युरोपको बेल्जियम र जर्मनी च्याप्टर गठनमा साथ दिनु हुने सबैलाइ धन्यवाद दिदै आगामी दिनहरुमा संगै हातेमालो गरेर अधि बढाने प्रतिबद्धता गर्नु भएको हो ।

संस्थाले आब छिट्टै मलेसिया, कतार , दुबई , जोडर्न, बहराइन, लेवलान,ओमन , स्विडेन , माल्टा , साइप्रस, माल्दिभ्स, बाङ्लादेश, इजरायल ,पोर्चुगल ,मकाउ, इराक , साउदी ,पोल्यान्ड , अष्ट्रेलिया, हङकङ,थाइल्याण्ड,डेनमार्क यी देश लगायत विश्व भर आफ्ना च्याप्टर गठन गर्ने तयारीमा रहेको जानकारी दिनु भएको हो ।
