२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूके सचिव पदका लागी जित रानाभाटले गरे उम्मेदवारी घोषणा

3008 Shares
Spread the love

लण्डन  । गैर आवासीय नेपाली संघ बेलायतको चुनाव नजिकिदै जाँदा आकांक्षीहरुले भट्टाभट उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन यूकेको सचिव पदमा जित रानाभाटले  उम्मेदवारी घोषणा गरेका हुन् ।

मंगलबार साँझ गेसो हल प्लमस्टिडमा घोषणासभा आयोजना गर्दै अर्कराज तिम्सिनाले आइसिसी सदस्य, सुरोज मास्कले उपाध्यक्ष र जित रानाभाटले सचिव पदमा उम्मेदवारी घोषणा गरे ।

सचिवमा उम्मेदवारीको घोषणा गर्ने रानाभाट पनि वर्तमान कार्यसमितिमा सदस्य हुन् । उनले विद्यार्थी समन्वय विभागको संयोजकको जिम्मेवारी समेत सम्हालेका छन् ।  साउथ ईस्ट लण्डनका नेपालीहरुको साझा संस्थाका रुपमा रहेको रोयल ग्रिनविच नेपाली सोसाइटीका महासचिव पनि हुन् ।

एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरुका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरु हटाउन पहल गर्ने, लगायतका प्रतिबद्धता उनीले गरेका छन् । संस्थामा काम गर्दै जाने क्रममा थप क्रियाशिलसहित अघि बढ्ने रहर पलाएको उनीको भनाइ थियो । उम्मेदवारहरुले एनआरएन यूकेको सदस्यताका लागि सबैलाई अपील समेत गरेका छन् ।

उम्मेदवारहरुलाई शुभकामना दिन साउथ ईस्ट लण्डनस्थित विभिन्न संघसंस्था र समुदायका अगुवाहरु उल्लेख्य रुपमा उपस्थित थिए ।    एनआरएन यूके उपाध्यक्ष ललितकुमार न्यौपाने, एनआरएन आइसिसीका अनररी काउन्सिल सदस्य मोहन गुरुङ , पूर्व आइसिसी सदस्य विनोद ज्ञवाली, एनआरएन यूके सललाहकार एवम आइएनएस यूके अध्यक्ष ले. चन्द्रबहादुर गुरुङ, साउथ ईस्ट तमु धिंका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ , आरजिएनएस अध्यक्ष हरिगोविन्द गुरुङ , पासा पुच साउथ ईस्टका पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठ लगायतका एनआरएन अभियन्ता र संघसंस्थाका प्रतिनिधिले उम्मेदवारहरुको सफलताको कामना गरेका थिए ।

उनीहरुले साउथ ईस्ट क्षेत्रका प्रतिनिधित्व गर्दै चुनावी मैदानमा आएका उम्मेदवारहरुलाई समुदायको तर्फबाट सक्दो साथ, सहयोगको आश्वासन समेत दिएका थिए ।    कार्यक्रमको सञ्चालन पासा पुचः साउथ ईस्ट यूके अध्यक्ष सुशील प्रजापतिले गरेका थिए । बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठले सहभागीहरु सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया