२०८३, २३ कार्तिक आईतवार
×

“प्रेम गीत ३” मा राजेशको ठाँउमा भित्रिए यी नायक

2414 Shares

नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमाल लामो समयदेखि ठुलो पर्दाबाट टाढै रहेका छन् । विभिन्न स्टेश कार्यक्रमहरुमै व्यस्त रहेका हमालले खासै फिल्ममा काम गर्ने इच्क्षा प्रकट गरेका छैनन् । त्यसमाथि बल्लबल्ल उनी प्रेम गीत ३ मा काम गर्ने चर्चा थियो । महानायकले फिल्मको स्क्रिप्ट पनि मन पराएका थिए तर उनले प्रदिप खड्काको बुवाको भूमिका भन्दा दाईको भूमिकामा काम गर्न खोजेपछि उनले अन्तिममा आएर फिल्म छाडे ।

उनले निर्माण टिमलाई समय व्यस्तताको कारण भन्दै फिल्म छाडेका हुन् । सम्भवत महानायकले बुवाको रोल नै स्वीकार नगरेको हुन सक्ने ठम्याई छ । यता राजेश निक्लिएपछि फिल्ममा अर्का एक्सन नायक शिव श्रेष्ठ भित्रिएका छन् । अब शिवले नै महानायकलाई अफर गरिएको भूमिकामा काम गर्ने गर्छन् । निर्माण टिमले शिवसंग औपचारिकरुपमा नै सम्झौता गर्दैछ ।

यता फिल्ममा सुनिल थापा पनि भित्रिएका छन् । पिरियड ड्रामाको रुपमा निर्माण हुन लागेको यस फिल्मका लागि प्रदिप खड्का , नवनायक मनिष राउत पक्का भईसकेका छन् तर नायिका भने अझै फाईनल भएको छैन । सन्तोष सेनले निर्माण गर्न लागेको यस फिल्मलाई डमरुको डण्डीबियो फेम निर्देशक छेतन गुरुङले निर्देशन गर्देछन् । जसमा सन्तोष सेनले समेत सहकार्य गर्नेछन् । फिल्मले आफनो चैत्र २८ लाई आफनो रिलिज मिती समेत तोकेको छ ।

प्रतिक्रिया