कोपनहेगन। प्रदेश सांसद एवंम कांग्रेस नेतृ बिजुला बर्मा डेनमार्क आउने भएकी छिन् । विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको तीन दिने प्रशिक्षण भेलामा भाग लिन उनि डेनमार्कको कोपनहेगन आउन लागेकी हुन् । जुन २१ तारिखदेखि २३ सम्म (असार ६ गतेदेखि ८ गते) विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरू कोपनहेगन आउने भएका हुन् ।
पार्टीको केद्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको छ ।
कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बे, नेताहरू मिनेन्द्र रिजाल, गगन थापा र धनराज गुरुङलगायत केन्द्रीय नेताहरूको उपस्थिति रहने समितिले जनाएको छ ।
साथै प्रतिष्ठानमा कार्यकारी निर्देशक पुरूषोत्तम दाहाल पनि सहभागी हुने छ । कार्यक्रमलाई सफल बनाउन नेपाली जनसम्पर्क समिति, डेनमार्कका सभापतिको संयोजकत्वमा पूर्वसभापतिहरू नवीन पौडेल, नवराज आचार्य (नवीन), रामचन्द्र पाठक, त्रिलोचन सापकोटा, यमलाल सुवेदी वर्तमान महामन्त्री यादव बस्नेत र दीपेन्द्र चुँडाल सम्मिलित तयारी समिति गठन भएको छ ।
यस्तै अन्य २० उपसमितिहरू बनेका छन् । प्रशिक्षण कार्यक्रम कोपेनहेगनको भेस्टरपोर्टमा रहेको रिचमन्ड होटलको सभागृहमा हुने भएको छ । ३० भन्दा बढी मुलुकहरूबाट काँग्रेस कार्यकर्ताहरू कोपेनहेगन पुग्ने अपेक्षा गरिएको छ ।
सांसद बर्मा उक्त प्रशिक्षण कार्येक्रम समापन भईसकेपछि उनि स्वीडेन एबम नर्वेको भ्रमण गर्ने कार्येक्रम रहेको छ । गैर आवसीय नेपालीको हक हितमा आवाज उठाउने मनानिय सांसद बर्माले बेलायत भ्रमण गरिसकेकी छिन् ।
कांग्रेस पार्टीले नेतृत्व गरेको प्रजातान्त्रिक आन्दोलनमा शसक्त रुपमा सहभागी भएकी सांसद बर्मा नेपाली कांग्रेसको बौद्धिक नेतृ मानिन्छिन् ।
नेपाल फर्किनुभन्दा पहिले नेतृ बिजुला बर्मा पूर्ण बेलायतको भ्रमण गर्ने र सो भ्रमणमा उनले बेलायती सांसद र एमनेस्टी इन्टरनेस्नलका अधिकारीहरुसंग नेपालको मानव अधिकारको बारेमा छलफल गर्ने कार्येक्रम रहेको छ । सांसद बर्मा जूलाई १९ का दिन नेपाल फर्किने छिन् ।