२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूके उपाध्यक्ष पदका लागी सुरज मास्केले गरे उम्मेदवारी घोषणा

1475 Shares
Spread the love

लण्डन  । गैर आवासीय नेपाली संघ बेलायतको चुनाव नजिकिदै जाँदा आकांक्षीहरुले भट्टाभट उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन यूकेको उपाध्यक्षय पदमा सुरज मास्केले उम्मेदवारी घोषणा गरेका हुन् ।

मंगलबार साँझ गेसो हल प्लमस्टिडमा घोषणासभा आयोजना गर्दै  सुरोज मास्कले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे गर्दै मास्केले आफ्ना प्रतिबद्धताहरु समेत सार्वजनिक गरेका छन् ।

सुशील प्रजापतिद्वारा संचालित उक्त घोषणा सभामा एनआरएन यूकेका कोषाध्यक्ष सचिन श्रेस्ठले सदस्या लिने प्रकियाबारे जानकारी दिएका थिए । सो घोषणा सभामा लण्डनमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस अघि एनआरएनए यूकेमा कार्यसमिति सदस्य र सचिव गरी काम गरिसकेका उनी आगामी अधिवेसनबाट चुनिने नवौं कार्यसमितिको लागि उपाध्यक्षय उम्मेदवार बनेका हुन् ।

बिगत लामो समय देखि बेलायतको नेपाली समाजमा रहेर बिबिध गतिबिधि र सामुहिक काममा संलग्न हुने क्रममा जातिय , क्षेत्रीय , ब्यबसायिक उदेश्यका संस्थाहरुभन्दा फरक उदेश्यको प्रवासका नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघमा रहेर नै काम गर्ने उनको  रुचिले उनि गैर आवासीय नेपाली संघ संग आबद्ध हुन पुगेका हुन्  ।

बढी बोलेर हिड्ने , देखावटीकाम बढी गर्ने भन्दा काम र प्रभावमा बिश्वास राख्नेर हिड्ने मास्के  गैर आवासीय नेपाली संघ बेलायतको कार्यसमितिमा  सदस्य हुँदै सचिव पदमा रहेर काम गरिसकेको र उनले  जानेका कुरा निरन्तर सहयोग गर्दै आएको कुरा नेपाली समाजमा चितपरिचित नै छ ।

गैर आवासीय नेपाली संघको सचिवको रुपमा रहदा उनलाई  व्यापार बिभागको जिम्मेवारी दिईएको थियो । उनले पाएको  जिम्मेवारी अनुरुप उपलब्ध सिमित स्रोत र साधनका बाब्जुध पनि  बिगत बर्षमा बिबिध ब्यापारिक अन्तरक्रिया  , आफ्नो बिभाग मार्फत संघका साथीहरुले चाहेको  समन्वय , लगानी सम्बन्धि अन्तरक्रिया , स्थानीय नेपाली  व्यापार-ब्यबसायलाई प्रोत्साहन र प्रबर्धन गर्ने बिबिध योजना , सामाजिक संजाल गतिबिधि साथै बेलायतमा रहेका नेपाली ब्यापारिक् संघ संस्थाहरुको डाइरेक्टरी बनाउने अभियान सुरु गरेका थिए  ।

गैर आवासीय नेपाली संघ आफैमा एक स्वयं सेवी संस्था भएको कारण संस्था प्रति समुदायको ठुलो अपेक्षा रहेको  यस संस्था र पदाधिकारीहरुको महत्व चुनावमा भोट माग्ने र कार्यक्रमहरुमा खादा लगाएर सम्मान थाप्ने र चुइक्क नबोली हरेक ठाउँ चन्दा दिदै हिड्ने मात्र नहोस यी तमाम गलत अभ्यासहरुले गर्दा गैर आवासीय नेपाली संघ भित्र बिकृति आएका छन् र काम गर्नलाई  भन्दा देखाउनलाई मात्र प्रचार वाजी गरिने परिपाटी बस्दै आएको छ । यी तमाम समस्याहरुको जडलाई  निर्क्यौल गरेर ब्यबहारिक तथा  रणनीतिक रुपले  समाधान गर्न , सबैको समावेसी गैर अवासिय नेपाली संघ बनाउनका निमित्त आगामी २०१९ – २०२१ सम्मको लागि उनले चुनावमा उपाध्यक्ष पदमा उमेद्वारी दिने निर्णय गरेको बताए  ।

घोषणा सभामा उपस्थित नेपाली समाजका  विभिन्न पदमा रहेका समाजसेवीहरुले प्रत्यासी उपाध्यक्ष मास्केले नेपाली समाजमा गरेका योगदान र उनलाई शुभकामना दिएका थिए ।

उपाध्यक्ष प्रत्यासी सुरज मास्केका केहि एजेन्डाहरु  :

१. गैर आवासीय नेपाली संघलाई आर्थिक रुपले सबलीकरण गर्न च्यारिटीमा मात्र भर पर्नु पर्नुपर्ने अवस्थालाई परिबर्तन गरि आर्थिक संकलनका बिबिध रणनीतिक कार्यक्रमहरु तयार गर्ने ।

२. लामो समय देखि ब्यापार ब्यबसायमा रहेको हुँदा ब्यापारिक संघसंस्थाहरुको  बलियो उपस्थितिले संस्थाको आर्थिक शक्तिपनि बढ्ने हुँदा व्यापार बिभागलाई अझ ससक्त बनाएर अघि बढ्ने । नेपाली उत्पादन तथा बस्तुहरु प्रदर्शन गर्नको लागि बार्षिक रुपमा ब्यापारिक मेलाको सुरुवात गर्न पहल गर्ने ।  हाल सुरु गरेको व्यापार, ब्यबसायको डाइरेक्टरीलाई पूर्णता दिएर व्यापार ब्यबसायको हकहितिको निम्ति सामुहिक थलोको निर्माण गरेर गतिबिधि संचालन गर्ने ।

३. गैर आवासीय नेपाली संघका गतिबिधीहरुलाई वार्षिक क्यालेन्डर बनाएर सोहि अनुरुप कार्यसम्पादन गर्ने ।

४. बेलायतमा रहेका नेपालीहरुको गदिबिधि संघ संस्था हरुका गतिबिधिलाई समेटेर सामुहिक क्यालेन्डर तयार गर्ने ।

५. संघको  मूल नेत्रित्वलाई व्यापार र अन्य क्षेत्रबाट भरपुर् सहयोग गरेर सफल बनाउन लाग्ने ।

६. संस्थाका सदस्यहरुको हकहितको लागि एक डेडीकेटेड  हेल्प लाइन( फोन र वेब साइट )  संचालन गर्ने ।

७.  दोहोरो नागरिकताका बिषयमा राज्य , केन्द्र हुँदैसम्बन्धित पक्षहरुसम्म समुदायका आवाजलाई बुलन्द गर्ने ।

८. संघलाई बेलायत स्थित युवा तथा महिला मैत्री बनाउन र पूर्ण समावेसी र समानुपातिक बनाउन निरन्तर पहल गर्ने ।

९. चुनावी प्रक्रियालाई प्रविधिको सहायताले अनलाइनमा लिएर जान पहल गर्ने ।

१०. समुदाय र संघ संस्थाहरुलाई भइपरि आउँदा सहयोग गर्न र एकै  माप दण्ड र समानताको आधारमा बराबर सहयोग गर्ने गरि अक्षय कोष खडा गर्न पहल गर्ने

११. बेलायत स्थित हरेक नेपालीका घरमा दुख पर्दा ,मरीमराउ हुँदा  अवस्था हेरी गैर आवासीय नेपाली संघको तर्फ बाट सम्पूर्ण कामकाजमा सहयोग गर्ने ।

१२. बेलायत स्थित संघ संस्थाहरुका प्रदिनिधिहरुको काउन्सिल निर्माण गरी नीतिनिर्माणमा भूमिका रहने गरि छुट्टै परिसदको रुपमा स्थापना गर्ने ।

१३. बिद्धिजीवि तथा  बिज्ञहरुको समूह बनाई छरीएर रहेका सिप ज्ञानलाई सामुहिक हितका लागि प्रयोग गर्न पहल गर्ने ।

प्रतिक्रिया