नटिंगहम । गैर आवासीय नेपाली संघ बेलायतको चुनाव नजिकिदै जाँदा आकांक्षीहरुले भट्टाभट उम्मेदबारी घोषणा गरेका छन् ।
एनआरएनए यूकेको आगामी निर्वाचनमा मिडल्याण्डबाट ८ जना चुनाव लड्ने भएका छन् । सोमबार नटिंगहममा आयोजित घोषणासभामा सो क्षेत्रबाट आइसिसी सदस्यसंगै एनआरएन यूकेको उपाध्यक्ष , सचिव र ५ सदस्यहरु गरी ८ जनाको उम्मेदवारी घोषणा भएको हो ।
मिडल्याण्ड क्षेत्रको प्रतिनिधित्व गर्दै एनआरएन आइसिसी सदस्यमा दयानिधि सापकोटा (लेस्टर) तथा एनआरएन यूकेको उपाध्यक्षमा पशुपति पोखरेल (लेस्टर) , सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल ( बर्मिंगहम) सह -कोषाध्यक्ष विष्णु चालिसे ( नटिंगहम) ,र सदस्यहरुमा- गोमा पौडेल ( वुल्भह्याम्पटन ), सशांक (कृष्ण) शर्मा पौडेल ( बर्मिंगहम), कृष्ण खराल ( नटिंगहम) र नृपेश उप्रेती ( पिटरबरो ) उम्मेदवार बनेका छन् । साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले सो क्षेत्रबाट सर्वसम्मत रुपमा चयन भएका उम्मेदवारहरुको नाम घोषणा गरेका थिए । साझाका पूर्व अध्यक्ष रणबहादुर केसीले खादा ओढाएर उम्मेदवारहरुलाई शुभकामना दिएका थिए ।

यसै बिच गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद इंग्ल्याण्ड संयोजक पदका आकांक्षी एबंम गैर आवासीय नेपाली संघमा उपाअध्यक्ष पदका प्रबल दाबेदार शशांक शर्मा(कृष्ण पौडेल)ले गैर आवासीय नेपाली संघ बेलायतको निर्णयको आधारमा नै पद परिवर्तन गरी गैर आवासीय नेपाली संघ बेलायतको एक कार्यकारी पदमा आफ्नो उम्मेदबारी निश्चित गरेका छन् । जुलाई १७ मा भएको मिडल्याण्डको संयुक्त चुनावी घोषणामा पौडेलले उक्त कुरा बताएका हुन ।

मिडल्याण्डका समाजसेबीहरुको गत १० जुनमा बर्मिङगममा बसेको एकता बैठकले गरेको निर्णय अनुसार चुनाव भन्दा पहिले हुने गैर आवासीय नेपाली संघ बेलायतको बिधान समितीको बैठक र अधिबेशनले राज्य समन्वय परिषद इंग्ल्याण्डको गठन गर्ने र गैर आवासीय नेपाली संघ बेलायतमा क्षेत्रिय उपसभापती बनाउने भएमा पौडेलले रोजेको कुनै एक पदमा मिडल्याण्डबाट उनी एक मात्र उम्मेदबार बनाउने सर्तमा गैर आवासीय नेपालीको चुनावमा उपसभापती पदको उम्मेदबारी छाडेका कुरा पौडेलले बताए ।
गैर आवासीय नेपाली संघ बेलायतको बिधान परिबर्तन नभएको खन्डमा सहमती अनुसार गैर आवासीय नेपाली संघ बेलायतको राष्टि्य समन्वय परिषदको सदस्यको लागी घोषित उम्मेदबारीमा कुनै परिबर्तन हुनेछैन पौडेलले सहमती अनुसार गैर आवासीय नेपालीमा संघको बिस्तारको लागी बिकेन्द्रीकरण जरुरी भएको र आफ्नो पदको परिवर्तन १९/२१ को कार्यसमितीको उम्मेदबारी दर्ता हुने बेला सम्म गैर आबासिय नेपाली संघ बेलायतको निर्णयको आधारमा जतीबेला पनी हुने तर यो परिबर्तनले मिडल्याण्डको एकता कायम नै रहने बताए ।

घोषणासभामा शुभकामना मन्तव्य राख्दै एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले एनआरएन अभियानमा पछिल्लो समय मिडल्याण्ड क्षेत्रमा देखिएको सक्रियताको प्रशंसा गर्दै भविष्यमा संस्थाको सदस्यता बिस्तारको कार्यलाई थप व्यापक बनाउन आग्रह गरे । एनआरएन आइसिसीका सहकोषाध्यक्ष सोम सापकोटा , आइसिसी सदस्यहरु रामशरण सिम्खडा र सुष्मा राई, एनआरएन यूके अध्यक्षका प्रत्यासी एवम् वर्तमान उपाध्यक्षहरु शेर सुनार ,सुशिला राई , ललितकुमार न्यौपाने, पुनम गुरुंग, प्रेम गाहा मगर, , महासचिव उम्मेदवार फडिन्द्र भट्टराई, आइसिसी सदस्य उम्मेदवार अर्कराज तिम्सिना तथा कोषाध्यक्ष उम्मेदवारहरु राजन खकुराल र तिलक भट्टराई लगायतले एनआरएन अभियानमा मिडल्याण्डको उपस्थिति स्वागतयोग्य भन्दै सम्पुर्ण उम्मेदवारहरुको सफलताको कामना गरेका थिए ।