२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

देउवालाई पौडेल पक्षको चेतावनी: पार्टीको विधि र विधान अनुसार चल्नुस्

3649 Shares
Spread the love

काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई पार्टीको विधि र विधान अनुसार चल्न चेतावनी दिएको छ।

वरिष्ठ नेता पौडेल पक्षको सोमबार काठमाडौंको बसेको भेलाले पार्टीको विधि, विधान र नियमावलीमा गरिएको व्यवस्था अनुसार चल्न सभापति देउवालाई चेतावनी दिएको हो।

सभापति देउवा मनपरी ढंगले चलेको निष्कर्ष निकाल्दै पार्टीको विधि र विधान अनुसार चल्न सचेत गराइएको पौडेल पक्षका नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकले सभापति देउवाले विधान विपरित प्रदेशमा तदर्थ समिति गठन गरेकोमा आपत्ति जनाउँदै स्विकार गर्न नसकिने पनि स्पष्ट पारेको छ।

भेलाले सभापति देउवालाई तत्काल भातृ संगठनहरुको महाधिवेशन गर्न पनि दवाव दिएको छ। भातृ संगठनहरुको महाधिवेशन नगरेर सभापति देउवाले मनपरी गरिरहेको पौडेल पक्षको आरोप छ।

सबै प्रदेशमा विधानमा स्पष्ट व्यवस्था भए बमोजिम प्रदेश समिति गठन गर्न पनि सभापति देउवाको गम्भिर ध्यानाकर्षण गराएको नेता केसीले बताए। पौडेल पक्षले सभापति देउवाले तत्काल पहल नगरे पार्टीलाई पुनर्जीवन दिन कठिनाई हुने निष्कर्ष पनि निकालेको छ।

प्रतिक्रिया