✒️आशिष तामाङ (Mission Tour) ,
काठमाडौं , धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलले युरोपको बेल्जियममा पनि आफ्नो च्यापटर गठन गरेको छ ।

युरोपको बेल्जियम च्यापटरमा किसान केसीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । कार्य समितिमा हामी नेपाली बेल्जियम च्याप्टरबाट उपाध्यक्ष: अनुजा प्रधान,बुद्धी बराल
महासचिबः मिन बहादुर छेत्री
सचिबः नबिन नेपाल
कोषध्यक्षः जय तमाङ
सदस्यः राम बहादुर पुन
सदस्यः दामन तामाङ
सदस्यः दिलिप गुरुङ
सदस्यः दिपेन्द्र गौतम
सदस्यः हिमानी न्यौपाने
सदस्यः कौशल खनाल
सदस्यः महेन्द्र बस्याल
सदस्यः मुना थापा
सदस्यः निर्मला परियार
सदस्यः साइमान आले
सदस्यः योगिता थापा लगाएतको समिति गठन भएको छ ।

उक्त कार्यक्रमबाट जर्मनी च्याप्टरको लागि समाज सेवी रण बहादुर साउदको नेतृत्वमा उपाध्यक्षमा किरण सिग्देल, महासचिबमा रबिन्द्र कार्कीलाई चयन गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्षलामाले बेल्जियम च्याप्टर कार्यसमितिको घोषणा गरेका थिए भने कार्यक्रममा सम्पूर्ण कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई खादा सहित प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि एवम हामी नेपाली ग्लोबलको केन्द्रिय अध्यक्ष अमृता लामा, र कोषाध्यक्ष रविन बज्राचार्य बेल्जियम च्याप्टर गठनको लागी केहि दिन अघि बेल्जियम आएका थिए भने संस्थाले युरोप लगतै मलेसिया, कतार , दुबई , जोडर्न, बहराइन, लेवलान,ओमन , स्विडेन , माल्टा , साइप्रस, इजरायल ,पोर्चुगल ,मकाउ, इराक , साउदी ,पोल्यान्ड ,अष्ट्रेलिया, यी देश लगायत विश्वभर आफ्ना च्याप्टर गठन गर्ने तयारीमा रहेको जनाएको छ।
उक्त कार्यक्रमको हामी नेपाली ग्लोबलको बेल्जियमका लागि नेपाली कन्सुलर गीता लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।



