२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

तामाङ समाज मलेसिया घेदुङमा समायोजन

1447 Shares
Spread the love

मलेसिया । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका तामाङहरुले स्थापना गरेको तामाङ समाज मलेसिया नेपाल तामाङ घेदुङमा समायोजन हुने भएको छ ।

आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा समाज र घेदुङको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

घेदुङका अध्यक्ष श्याम घिसिङ र समाजका अध्यक्ष टासी पाल्मो वाइबा तामाङका साथै पदाधिकारीहरूको बैठकले सन् २००५ मा स्थापित तामाङ समाज मलेसियालाई नेपाल तामाङ घेदुङ शाखा मलेसियामा समायोजन गर्ने निर्णय गरेको हो ।

दुवै संस्था एकीकृत भएपछि प्रथम अधिवेशन आगामी जुलाई २१ मा क्वालालम्पुरमा हुने निर्णय भएको जनाइएको छ । अधिवेशनका लागि राजेन्द्र वाइबा तामाङको संयोजकत्वमा समिति गठन भएको छ । उक्त समितिको सदस्यमा फुर्वा दोर्जे मोक्तान, विक्रम वाइबा तामाङ, छेवाङ पाख्रिन तामाङ, मिलन थिङ तामाङ, टासी पाल्मो वाइबा तामाङ, श्याम घिसिङ तामाङ, प्रकाश थोकर तामाङ, भिमबहादुर लोप्चन तामाङ, सबिन लोप्चन तामाङ, मिङ्खु लोप्चन तामाङ र कृष्ण मोक्तान तामाङ रहेका छन् ।

प्रतिक्रिया