२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

एकतर्फी प्रेममा डुबेका रोहितले सिग्रेड फिल्मी अभिनेत्रीलाई घरमै बनाए बन्धन

1632 Shares
Spread the love

एजेन्सी। मिसरोदको फारच्युन डिभाइन सिटीमा एकतर्फी प्रेममा डुवेका एक युवकद्वारा मोडल युवतीलाई यसैको घरमा १२ घण्टासम्म बन्धक बनाएको विषयमा नयाँ खुलासा भएको छ। युवती विभा श्रीवास्तव मोडल हुनुका साथै कयौं सी ग्रेड फिल्ममा काम गरिसकेकी थिइन्।

युवतीका कयौं फोटो र भिडियो सामाजिक संजालमा उपलब्ध छन्। त्यतिमात्र होइन, भिडियोको कास्टिङमा उनको नामसमेत लेखिएको छ।

युवक रोहितले प्रहरी समक्ष राति १२ बजे सबै जना सुतेपछि विभाको घरमा पसेर विभालाई कोठामा बन्द गरेको स्वीकार गरेका छन्। उनले आफूले विभामाथि गरेको क्रियाकलापप्रति कुनै पश्चाताप नभएको जनाएका छन्।

उसले आफ्नो विभासँग प्रेम भएको र उनीसँग विवाह गर्ने बताइरहेका थिए।
मिसरोदमा मोडलर्ला बन्धन बनाउने रोहितको परिवार पनि उनीदेखि दिक्क थिए। मे महिनामा आफ्नो बहिनीको विवाहमा सहभागी हुन रोहित घर आएका थिए। र उनले आफूलाई पैसा चाहिएको भन्दै घरमा झगडा गर्न सुरु गरेका थिए।

प्रतिक्रिया