२०८३, २३ कार्तिक आईतवार
×

बिरोध प्रर्दशनमा जब योगश्वर अमात्यले प्रहरीलाई फुलका गुच्छा बाडे (भिडियो सहित)

1424 Shares

यतिबेला नेपालमा चर्चित बनिरहेको बिषय हो गुठी विधेयक । सरकारले गुठी व्यवस्थापन गर्न भन्दै विधेयक ल्याएपछि चर्काे आलोचना भईरहेको छ । नेपालको परम्परा र संस्कृती मास्ने र भुमाफिया मोस्न विधेयक ल्याईएको भन्दै राजधानी यतिबेला तातिरहेको छ । राजधानीमा दिनहुँ जसो विधेयकको बिरोध प्रर्दशन भईरहेका छन् । यही बिरोध प्रर्दशनमा एक जना चर्चित पप गायक यस्तो शैली अपनाएकी जसको चर्चा यतिबेला चौतर्फी भईरहेको छ । ती गायक हुन योगश्वर अमात्य । आफनो फरक शैलीको गायनबाट चर्चामा आएकी योगश्वर अमात्य ललितपुरको पाटनमा आयोजना गरिएको बिरोध प्रर्दशनमा सहभागी बनेका थिए ।

विधेयकको बिरोधमा उत्रिएका उनले त्यहाँ रहेका सुरक्षकर्मीहरुलाई फुलका गुच्छा बाडे । जसको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै चर्चित बनिरहेको छ । कार्यक्रमलाई मर्यादित बनाउन र कुनै हिंसा नहोस भन्ने उदेश्यले आफुले प्रहरीलाई फुलको गुच्छा दिएको बताएका छन् । प्रहरी र जनता दुश्मन होईनन् भन्ने सन्देश दिन र वातावरणलाई सहज बनाउन आफुले फुलको गच्छा बाडेको उनको भनाई छ ।

सामाजिक सञ्जालमा यतिबेला उनको यो भिडियो निकै भाईरल बनिरहेको छ । सम्भवत उनले आफुले गरेको उक्त कामको भिडियो भाईरल हुन्छ भनेर सायदै सोचेका थिए होलान् । योगेश्वरले नेपाली सांगेतिक क्षेत्रमा जब सन्ध्या हुन्छ , लैजा चरी , लोग्ने मान्छे भएर , तिम्रो आँखा हेर्दै , वाक्क दिक्क लगायतका चर्चित गीतहरु गाईसकेका छन् ।

प्रतिक्रिया