1761
Shares
काठमाडौं । चलचित्र वीर बिक्रम २ को पीजि समीक्षा गरेको भन्ने उजुरीका आधारमा एक हप्तादेखि कस्टडीमा रहेका यूट्युवर प्रणेश गौतम बिहिवार बेलुका हाजिरी जमानीमा छुटेका छन् ।
उनी प्रहरीको सम्पर्कमा रहने गरि छुटेका हुन् । हाजिरी जमानीमा छुटेका उनले तारेख भने धाउनु पर्ने छ ।
गाली बेइजती तथा मानहानीको जाहेरी दर्ता हुनु पर्नेमा फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले विद्युतीय कारोबार ऐन अन्तर्गत जाहेरी दिएका थिए ।