२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

ब्रिटेनमा प्रम ओलीका ब्यस्त ३ दिन : राजतन्त्र, सगरमाथा र नेपाल फर्कन आह्वान

1537 Shares
Spread the love

– बिपिन निरौला

लन्डन । बिगत सत्र बर्षदेखी बहुप्रतिक्षित नेपाली प्रधानमन्त्रिको संयुक्त अधिराज्य बेलायतको भ्रमण बहुआशातित थियो । नेपालका प्रधानमन्त्री के पी शर्मा ओली को हालै सम्पन्न ब्रिटेनको भ्रमणमा त्यस्तै आशा गरिएका बिषयहरु राजतन्त्र ,भूतपूर्व गोर्खा सैनिक र एन आर एन का बिषयभन्दा सगरमाथा र बाताबरणका नया बिषयले चर्चा पाएका छन् ।

खासगरी ब्रिटिश मेडियामा हाल चर्चामा आएको विश्वको सर्बोच्च शिखर सगरमाथामा आरोहीहरुको घुइचो ट्राफिक र बाताबरणको चिन्ता बिश्वबिख्यात बीबीसी टेलिभिजनले प्रम ओलीलाई प्रमुख विषयबस्तुकोरुपमा उठाउनुलाई ठुलो चासो र चिन्ता को रुपमा विश्लेषण गरिन थालिएको छ।

त्यसो त बहुमत प्राप्त भएपनि ब्रेक्जिट बिबादका कारण राजिनामा दिइसकेकि कामचलाउ ब्रिटिश प्रधानमन्त्री टेरेशा मे संगको दुइपक्षीय भेटबार्तामा चर्चा गरिएका सबै बिषय उठाइएको भएता पनि मे ले ती सबै भाबी प्रधानमन्त्रीले गर्ने आश्वाशन बाहेक के नै भन्न सक्थिन र ! यधपी भ्रमणदलमा संलग्न पररास्ट्रमन्त्रि प्रदिप ज्ञवालीले नेपाल र बेलायतबीच मात्र नभई गोर्खा सैनिक लगातका बिषयमा भारत सहित त्रिपक्षीय बार्ता गर्नुपर्नेमा दुइदेशका प्रधानमन्त्रीले छलफल गरेको महत्वपुर्ण बिषय भएको दाबि गरे ।

मन्त्रि ज्ञवालीले २०० बर्ष भन्दा बढीको कुटनैतिक सम्बन्ध भएको देशमा १७ बर्ष पछि प्रधानमन्त्रिको भ्रमण आफैमा एउटा महत्वपुर्ण बिषय भएको बताए । तर ब्रिटिश प्रधानमन्त्रीको नेपाल भ्रमण भने अझै अनिश्चित रहेको अनुमान विश्लेषकहरुले गर्न थालेका छन् ।

यद्यपि प्रम ओलीले प्रमुख प्रतिपक्ष्यका नेता जेरेमी कोर्बन देखि ब्रिटिश संसदका “नेपाल अल पार्टी पार्लियामेन्ट ग्रुप “का अध्यक्ष्य एबम सांसद बिरेन्द्र शर्मा तथा “ब्रिटिश ग्रुप इन्टर पार्लियामेन्ट यूनियन” का अध्यक्ष्य एबम सांसद जोहन व्हिटिंगेल् , ओबीइ द्वारा संयुक्तरुपमा आयोजित समारोहमा लोकतन्त्र, संघियता र मानाबधिकार प्रति आफ्नो र सरकारको प्रतिबध्दता प्रति आस्वस्त पार्न खोजेका थिए ।

उता १७ बर्षको अबधिमा राजतन्त्र बाट गणतन्त्र बनेको नेपाल बेलायतकी महारानीका प्रतिनिधिको रुपमा बताइएको प्रिन्स (युबराज) ह्यारी संगको गणतान्त्रिक नेपालका शक्तिशाली प्रधानमन्त्रीको भेटबार्तालाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ । तर बेलायतस्थित नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीको व्यक्तिगत पहुचको आधारमा प्रिन्स ह्यारी संगको भेटघाट भएको हो या महारानी सम्मको पहुच नपुगेको भन्ने प्रश्न अनुत्तरित नै रहेको छ ।

प्रधानमन्त्री ओलीलाई ब्रिटिश सैनिकको एक प्रमुख तालिम केन्द्र स्याण्डहर्स्टमा बेलायति रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टर को स्वागत तथा त्यहास्थित सेनाको टुकडी द्वारा गरिएको सम्मान अर्पण बिशेष महत्वको रहेको थियो ।

नेपाली पत्रकारहरु संगको संयुक्त कुराकानीमा बेलायति रक्षा राज्यमन्त्री ल्यांकास्टरले गोर्खा सैनिकहरुको बेलायति सेनामा महत्वपुर्ण र उल्लेखनीय भिमिकारहेकोमा त्यसको प्रसंशा गर्दै सेवा निवृत्तहरुको मागका बिषयमा ब्रिटिश सरकार सकारात्मक र गम्भीर भएको बताएका थिए ।

प्रम ओलीले स्विजरल्याण्डमा जस्तै बेलायतमा बस्ने नेपालीहरुलाई पनि आफ्नो काम , ब्यबसायको कारोबार टुंग्याएर सकभर छिटो स्वदेश फर्कन आग्रह गरेका थिए । बुधवार बिहान केंसिंगटन गार्डेनस्थित नेपाली राजदूतावासद्वारा आयोजित सम्मान समारोहलाई सम्वोधन गर्दै विदेशमा धन आर्जनका लागि पनि ज्ञान आर्जन गर्नुपर्ने र नेपालीहरु जहाँ भए पनि देशको माया गर्ने गरेको आफुले पाएको बताएका थिए ।

ओलीले नेपाली हरु जहाँ पुगे पनि त्यहाको हावापानी, रीति रिवाज को सम्मान गरेर बस्छन भन्दै गोर्खा सैनिक तथा गैर सैनिक नेपालीहरुले पनि नेपालको प्रभाव, प्रतिष्ठा र परिचयलाई उज्यालो बनाएको भन्दै त्यसको प्रशंसा गरेका थिए ।

दोहोरो कर प्रणाली यथासिघ्र हटाउन माग

प्रम ओलीसित बेलायतका ब्यापारी र लगानीकर्ताहरुले दोहोरो कर प्रणाली यथासिघ्र हटाउन माग गरेका छन् । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिश, भारतीय र नेपाली मूलका ब्रिटिश ब्यापारीहरुले नेपाली दूतावासमा भेटी सो अनुरोध गरेका हुन् ।

अध्यक्ष कँडेलका अनुसार आफूहरुले नेपाल सरकारको आलोचना वा सरकारप्रति गुनासो भन्दा पनि नेपालमा विदेशी लगानी लैजान रहेका समस्या समाधानका बारेमा मिलेर काम गर्न तयार रहेको प्रधानमन्त्रीलाई जानकारी दिएको बताए। नेपालमा लगानी गर्ने ब्रिटिश कम्पनीले अहिले नेपाल र बेलायत दुवै देशमा कर तिर्न परिरहेको उल्लेख गर्दै दुई देशबीच हुन लागेको डबल ट्याक्स अभोइडेन्स एग्रिमेण्ट (डीटीएए) मा छिटो हस्ताक्षर गर्न पनि प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो । प्रोडक्टभन्दा सर्भिस सेक्टरमा जोड दिँदा बढी लाभ लिनसक्ने सुझाव दिँदै प्रतिनिधिमण्डलले स्वास्थ्य, पर्यटन र शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण बनाउँदा राम्रो हुने सुझाव दिएको थियो ।

यसैगरी, नेपालमा वैदेशिक लगानी लाँदा भोग्नुपरेको समस्याका बारेमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई एक रिपोर्ट हस्तान्तरण गरेको थियो । सो क्रममा प्रतिनिधिमण्डलले नेपालमा कतिपय क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको र विदेशी लगानीमा स्थापित कम्पनीले विदेशबाट दक्ष जनशक्ति नेपाल लैजाँदा ‘वर्क पर्मिट’ पाउन पैसा र समय खर्चिलो रहेकोमा पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिनिधिमण्डलसित प्रधानमन्त्रीले उठाएका सवालहरुलाई गम्भीरतापूर्वक हेर्ने र आवश्यक काम गर्ने वचन दिएको अध्यक्ष कँडेलले जानकारी दिए ।बेलायती लगानीकर्तालाई स्वागत गर्न आफूहरु तयार रहेको र दोहोरो कर लगायतका सबै झमेला चाँडै सल्टाउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेको कंडेलले जानकारी दिए ।

यसैबीच ओली नेतृत्वको टोलीको बेलायत भ्रमणका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतको विदेश तथा राष्ट्रमण्डल मामिला राज्यमन्त्री जेरेमी हन्टले संयुक्त विज्ञप्ति जारी गर्दै द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन ‘गोर्खा सैनिक” महत्वपूर्ण भूमिका रहेको जनाई थप छलफल गर्ने सहमति भएको जनाइएको छ।

प्रतिक्रिया