२०८३, २३ कार्तिक आईतवार
×

राष्ट्र निर्माणमा तामाङहरुको महत्वपूर्ण योगदान छ – संसाद राई

तामाङ चलचित्रले तामाङको संस्कृति , परम्परा, भाषा, पहिचान संरक्षण तथा प्रचारमा ठुलो भूमिका खेलेको
1790 Shares

काठमाडौँ – नेकपा केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य एबं काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईले तामाङ चलचित्रले तामाङको संस्कृति , परम्परा, भाषा, पहिचान संरक्षण तथा प्रचारमा ठुलो भूमिका खेलेको बताए। राष्ट्रिय सभागृहमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तामाङ अन्तराष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सवमा संसद राईले राष्ट्र निर्माणमा समेत तामाङहरुको महत्वपूर्ण योगदान रहेको बताए।
तेस्रो ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ मा कलाकार तथा निर्देशक जसु गुरुङले उत्कृष्ट निर्देशकको उपाधि हात पारेकी छिन् । आदिवासी जनजाति चलचित्र महासंघले राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गरेको महोत्सवमा उनलाई उत्कृष्ट निर्देशक घोषित गर्दै उपाधि प्रदान गरिएको हो ।

३ दिनसम्म चलेको महोत्सवमा १९ वटा चलचित्र प्रदर्शन गरिएका थिए । तीमध्ये जसुले निर्देशन गरेको जनजाति चलचित्र ‘म्ले क्युँ’ उत्कृष्ट दरियो । महोत्सवमा अन्य ८ विधामा पनि उपाधि प्रदान गरिएको थियो ।

यस्तै महोत्सवमा लघु फिल्मको विधाबाट ‘पुल्टी’ र सुनुवार समुदायको कथा समेटिएको वृत्तचित्र ‘छेँगु’ पनि उत्कृष्ट दरिए । त्यसै गरी उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले उत्कृष्ट पुरुष कलाकारको उपाधि जिते भने विनिता थापा मगरले उत्कृष्ट महिला कलाकारको उपाधि जितिन् ।

छायांकारको उपाधि चलचित्र ‘यारी’ बाट युवराज राईले हात पारे । यसै गरी पब्लिक च्वाइस अवार्ड विधामा चलचित्र ‘रिजेनासा’ उत्कृष्ट भयो । उपाधि जितेका कलाकारलाई चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपालमा सांस्कृतिक पर्यटकको उजागर गर्ने उद्देश्यले जेठ २४,२५ र २६ गते महासंघले महोत्सवको आयोजना गरेको थियो ।

प्रतिक्रिया