२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतका नेपाली हिन्दूहरुले हिन्दू राज्य माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए

806 Shares
Spread the love

लण्डन ।  बेलायतमा रहेका नेपाली हिन्दूहरुले नेपाल हिन्दूराज्य हुनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले दिएको ज्ञापन प्रधानमन्त्रीका विदेश सल्लाहकार राजन भट्टराईले बुझेका थिए । उनीहरुले आफ्नो ज्ञापनपत्रमा भनेका छन्— सनातन हिन्दु धर्म सदियौं देखि नेपाल र नेपाली को गौरव रहि आएको सर्व्विदित नै छ । विश्वविख्यात प्राचीन महर्षि र राजर्षि हरूको पुण्यभूमि नेपाल राजा जनक, सीता माता, गौतम बुद्ध, याज्ञवल्क्य, पराशर, वेदव्यास, वाल्मीकि आदि महापुरुषहरूको जन्मभूमि पनि हो। योग र अध्यात्मको प्राचीन उद्गमभूमि नेपालको नाम प्रागैतिहासिक समयमा ‘ने’ नाम गरेका हिन्दु मुनिको नामबाटै नामांकित रहेको छ । यसमा कसैको द्विविधा छैन कि नेपालको पवित्र भूमिमै सनातन हिन्दु धर्म का महान् ग्रन्थहरूको रचना भएको थियो ।

कैलाश, पशुपतिनाथ, गोकर्ण, मुक्तिनाथ, गोसाइकुण्ड, जनकपुर, रुरुक्षेत्र, वराहक्षेत्र, लुम्विनी, हलेसी, स्वर्गद्वारी, देवघाटधाम एवं अन्यान्य हजारौं धर्मक्षेत्र एवं मन्दिर, मठ , गुम्वा, आश्रमहरूले यो सत्यलाई उजागर गरेका छन् । सदियौं देखि अवस्थित मठ मन्दिर हरूले नेपालको पावन भूमि सनातन हिन्दु धर्मको मूलभूमि भएको इंकित गरिरहेका छन् ।
हिन्दु, बौद्ध, जैन, सिख, किराँत, बोन एवं अन्य धर्मावलम्वी नेपालीहरू एक अर्कामा सम्मान, भातृत्व र स्नेहभावका साथ हजारौं वर्षदेखि बस्दै आएका छन् । गौरवशाली क्षमाशील हिन्दु धर्म र परम्परा मान्ने हामी नेपालीहरूको मन मस्तिष्कमा ’वसुधैव कुटुम्वकम्’ को महान् भाव अन्तर्नि्हित छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराई देखि पहाड र हिमाल सम्म नेपालको सम्पूर्ण जनसंख्याको ९५ प्रतिशत जनसंख्या ॐकार मान्ने सनातन धर्मावलम्वीहरूको छ । हिन्दु धर्मावलम्वीहरू र अन्यान्य धर्मावलम्वीहरू का बीच सनातन समयदेखि सदैव भाइचारा र सद्भाव रहि आएको छ । जन्मदेखि मृत्यु पर्यन्त हाम्रो जीवन हिन्दु संस्कार र संस्कृति बाट परिलसित, समुन्नत र गौरवान्वित छ । हाम्रा वेद, उपनिषद्, भगवद्गीता, रामायण, महाभारत, श्रीमद्भागवत आदि महानतम धर्मग्रंथ अतुलनीय ग्रन्थहरू मानिन्छन् । हाम्रो धर्म संस्कृति विश्वमै गौरवशाली मानिन्छ।
हामीकहाँ हिन्दु, बौद्ध, किराँत, सिख, जैन, बोन एवं अन्य धर्मावलम्वीहरू बीचको अनौठो सांस्कृतिक पहिचान अन्त कतै भेटिन्न । हामी नेपालीहरूले छातीमा हात राखेर गौरवका साथ भन्दछौ कि हामीले कहिल्यै धर्ममाथि राजनीति गरेनौं ।
तर सधैं एक विशिष्ट परिचय दिने विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको परिचय एकाएक हटाएर धर्म निरपेक्ष नेपाल बनाउनुले हामीलाई आश्चर्यचकित बनाएको छ । ’धर्म निरपेक्षता’ को माग जनताबाट उठेको माग कदापि थिएन । ६२(६३ को आन्दोलन ले दिएको म्याण्डेट त्यो कदापि थिएन, न त १२ बूँदे सहमति मा त्यो समाविष्ट नै थियो। जनमतको भावनालाई अन्यथा अर्थमा प्रयोग गरी रातारात हाम्रो महान् सनातन हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिनुलाई हामी समस्त वेलायत एवं युरोपवासी नेपालीहरूले देश, राष्ट्र र हाम्रो सनातन धर्म संस्कृति र नेपालीहरूको सद्भावमाथिको घोर अपमान र प्रजातांत्रिक मूल्यमान्यताको चरम दुरुपयोगको रुपमा बुझेका छौं ।
यो संदिग्ध निर्णयमा देशवासी को भावना को कत्तिपनि स्वीकृति थिएन, छैन र हुनेछैन । बाहिरी शक्तिको चलखेलमा भएको यो आत्मघाती निर्णयले देशलाई विकास नभै विनाश तिर लैजाने निश्चित छ । आफ्नो मातृतुल्य धर्म संस्कृति लाई यसरी दिनदहाडै लिलामी गरिनुले नेपाली जनता पछुताएका र रोइरहेका छन् । एउटा लोकतांत्रिक मुलुकमा जनताको चाहना विपरीत यस्तो जघन्य निर्णय हुनु अति नै अलोकतांत्रिक कुरा हो । यसले सामाजिक विकास, सांस्कृतिक एवं धार्मिक समन्वयलाई विखण्डन गरेको छ ।यसबाट कालान्तरमा नेपालको राष्ट्रिय अखण्डता, स्वाधीनता र सार्वभौमिकता नै खतरामा पर्ने सहजै अनुमान गर्न सकिन्छ ।
विश्वमा अनेकौं क्रिस्टियन, मुस्लिम, बौद्ध राष्ट्रहरू छन् । एकमात्र यहुदी राष्ट्र इजरायल यहुदी मात्रको नभै विश्वभर सबैको आकर्षणको केन्द्र बनेको छ । यसैगरि नेपाल विश्वभरका हिन्दु धर्मावलम्वीहरू को आकर्षणको केन्द्र बन्न सक्छ तर त्यसका लागि भैरहेको हिन्दू राष्ट्रको पहिचान हटाउने होइन, प्रचार प्रसार गर्नुपर्दछ । एक हिन्दु एकपल्ट विश्वको एकमात्र सनातन हिन्दु राष्ट्र नेपाल पुग्नैपर्छ भन्ने भावना को प्रचार प्रसार मात्रै हुनसके विश्वभरका एक अरब हिन्दुहरूबाट देशमा धार्मिक पर्यटनको विकास भै नेपालको कायापलट हुनसक्छ । यसपट्टि नेतृत्व वर्गको ध्यान जानु जरुरी छ ।
विश्वको आध्यात्मिक गुरु बन्न सक्ने जनकदर्शन का प्रणेता राजा जनक र बुद्ध दर्शनका प्रणेता भगवान् गौतम बुद्धको भूमिमा आफ्नो गौरवशाली इतिहास विर्सेर परधर्म र पराई दर्शनको पिछलग्गु बन्नु अत्यन्तै दुःखद अवस्था हो । विश्वको एकमात्र हिन्दु राष्ट्र रहनु नै नेपालको लागि गौरव, प्रतिष्ठा एवं गरीबी निवारण गरी समृद्धिको संभावनाको ढोका खोल्नु हो । आज मिडिया को यत्रो विकास भैसकेको अवस्थामा नेपालका बारे प्रचार प्रसार सहजै हुने र हाम्रा हरेक तीर्थस्थलहरू पर्यटनका लागि उत्तिकै संभावनापूर्ण रहेको हामी देशवासी एवं देशबाहिर बस्ने नेपालीहरूले अनुभव गरेका छौं । धार्मिक सांस्कृतिक पर्यटनभन्दा महत्वपूर्ण अर्को आर्थिक श्रोत नेपालको छैन। ऋण, दुर्दशा र दुराचारले गाँजिएको देशलाई हिन्दु सनातन धर्मले नै रक्षा गर्ने निश्चित छ ।
नेपालको गौरव र नेपालीको भावना एवं धार्मिक सहिष्णुता कायम राख्दै नेपाललाई अविलम्ब हिन्दु राष्ट्र घोषणा गरियोस् भनी जोडदार माग गर्दछौं । भन्दै बेलायतबासीका तर्फबाट अध्यक्ष मेजर (रि.) सुर्य प्रसाद उपाध्य र महासचिव चिरन्जिबी पौड्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ । उनीहरुले दिएको ज्ञापनपत्रमा भनिएको छ—

सम्मानीय प्रधानमंत्री के पी शर्मा ओली ज्यू,
नेपाल सरकार !
सनातन हिन्दु धर्म सदियौं देखि नेपाल र नेपाली को गौरव रहि आएको सर्व्विदित नै छ । विश्वविख्यात प्राचीन महर्षि र राजर्षि हरूको पुण्यभूमि नेपाल राजा जनक, सीता माता, गौतम बुद्ध, याज्ञवल्क्य, पराशर, वेदव्यास, वाल्मीकि आदि महापुरुषहरूको जन्मभूमि पनि हो। योग र अध्यात्मको प्राचीन उद्गमभूमि नेपालको नाम प्रागैतिहासिक समयमा ‘ने’ नाम गरेका हिन्दु मुनिको नामबाटै नामांकित रहेको छ । यसमा कसैको द्विविधा छैन कि नेपालको पवित्र भूमिमै सनातन हिन्दु धर्म का महान् ग्रन्थहरूको रचना भएको थियो ।
कैलाश, पशुपतिनाथ, गोकर्ण, मुक्तिनाथ, गोसाइकुण्ड, जनकपुर, रुरुक्षेत्र, वराहक्षेत्र, लुम्विनी, हलेसी, स्वर्गद्वारी, देवघाटधाम एवं अन्यान्य हजारौं धर्मक्षेत्र एवं मन्दिर, मठ , गुम्वा, आश्रमहरूले यो सत्यलाई उजागर गरेका छन् । सदियौं देखि अवस्थित मठ मन्दिर हरूले नेपालको पावन भूमि सनातन हिन्दु धर्मको मूलभूमि भएको इंकित गरिरहेका छन् ।
हिन्दु, बौद्ध, जैन, सिख, किराँत, बोन एवं अन्य धर्मावलम्वी नेपालीहरू एक अर्कामा सम्मान, भातृत्व र स्नेहभावका साथ हजारौं वर्षदेखि बस्दै आएका छन् । गौरवशाली क्षमाशील हिन्दु धर्म र परम्परा मान्ने हामी नेपालीहरूको मन मस्तिष्कमा ’वसुधैव कुटुम्वकम्’ को महान् भाव अन्तर्नि्हित छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराई देखि पहाड र हिमाल सम्म नेपालको सम्पूर्ण जनसंख्याको ९५ प्रतिशत जनसंख्या ॐकार मान्ने सनातन धर्मावलम्वीहरूको छ । हिन्दु धर्मावलम्वीहरू र अन्यान्य धर्मावलम्वीहरू का बीच सनातन समयदेखि सदैव भाइचारा र सद्भाव रहि आएको छ । जन्मदेखि मृत्यु पर्यन्त हाम्रो जीवन हिन्दु संस्कार र संस्कृति बाट परिलसित, समुन्नत र गौरवान्वित छ । हाम्रा वेद, उपनिषद्, भगवद्गीता, रामायण, महाभारत, श्रीमद्भागवत आदि महानतम धर्मग्रंथ अतुलनीय ग्रन्थहरू मानिन्छन् । हाम्रो धर्म संस्कृति विश्वमै गौरवशाली मानिन्छ।
हामीकहाँ हिन्दु, बौद्ध, किराँत, सिख, जैन, बोन एवं अन्य धर्मावलम्वीहरू बीचको अनौठो सांस्कृतिक पहिचान अन्त कतै भेटिन्न । हामी नेपालीहरूले छातीमा हात राखेर गौरवका साथ भन्दछौ कि हामीले कहिल्यै धर्ममाथि राजनीति गरेनौं ।
तर सधैं एक विशिष्ट परिचय दिने विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको परिचय एकाएक हटाएर धर्म निरपेक्ष नेपाल बनाउनुले हामीलाई आश्चर्यचकित बनाएको छ । ’धर्म निरपेक्षता’ को माग जनताबाट उठेको माग कदापि थिएन । ६२(६३ को आन्दोलन ले दिएको म्याण्डेट त्यो कदापि थिएन, न त १२ बूँदे सहमति मा त्यो समाविष्ट नै थियो। जनमतको भावनालाई अन्यथा अर्थमा प्रयोग गरी रातारात हाम्रो महान् सनातन हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिनुलाई हामी समस्त वेलायत एवं युरोपवासी नेपालीहरूले देश, राष्ट्र र हाम्रो सनातन धर्म संस्कृति र नेपालीहरूको सद्भावमाथिको घोर अपमान र प्रजातांत्रिक मूल्यमान्यताको चरम दुरुपयोगको रुपमा बुझेका छौं ।
यो संदिग्ध निर्णयमा देशवासी को भावना को कत्तिपनि स्वीकृति थिएन, छैन र हुनेछैन । बाहिरी शक्तिको चलखेलमा भएको यो आत्मघाती निर्णयले देशलाई विकास नभै विनाश तिर लैजाने निश्चित छ । आफ्नो मातृतुल्य धर्म संस्कृति लाई यसरी दिनदहाडै लिलामी गरिनुले नेपाली जनता पछुताएका र रोइरहेका छन् । एउटा लोकतांत्रिक मुलुकमा जनताको चाहना विपरीत यस्तो जघन्य निर्णय हुनु अति नै अलोकतांत्रिक कुरा हो । यसले सामाजिक विकास, सांस्कृतिक एवं धार्मिक समन्वयलाई विखण्डन गरेको छ ।यसबाट कालान्तरमा नेपालको राष्ट्रिय अखण्डता, स्वाधीनता र सार्वभौमिकता नै खतरामा पर्ने सहजै अनुमान गर्न सकिन्छ ।
विश्वमा अनेकौं क्रिस्टियन, मुस्लिम, बौद्ध राष्ट्रहरू छन् । एकमात्र यहुदी राष्ट्र इजरायल यहुदी मात्रको नभै विश्वभर सबैको आकर्षणको केन्द्र बनेको छ । यसैगरि नेपाल विश्वभरका हिन्दु धर्मावलम्वीहरू को आकर्षणको केन्द्र बन्न सक्छ तर त्यसका लागि भैरहेको हिन्दू राष्ट्रको पहिचान हटाउने होइन, प्रचार प्रसार गर्नुपर्दछ । एक हिन्दु एकपल्ट विश्वको एकमात्र सनातन हिन्दु राष्ट्र नेपाल पुग्नैपर्छ भन्ने भावना को प्रचार प्रसार मात्रै हुनसके विश्वभरका एक अरब हिन्दुहरूबाट देशमा धार्मिक पर्यटनको विकास भै नेपालको कायापलट हुनसक्छ । यसपट्टि नेतृत्व वर्गको ध्यान जानु जरुरी छ ।
विश्वको आध्यात्मिक गुरु बन्न सक्ने जनकदर्शन का प्रणेता राजा जनक र बुद्ध दर्शनका प्रणेता भगवान् गौतम बुद्धको भूमिमा आफ्नो गौरवशाली इतिहास विर्सेर परधर्म र पराई दर्शनको पिछलग्गु बन्नु अत्यन्तै दुःखद अवस्था हो । विश्वको एकमात्र हिन्दु राष्ट्र रहनु नै नेपालको लागि गौरव, प्रतिष्ठा एवं गरीबी निवारण गरी समृद्धिको संभावनाको ढोका खोल्नु हो । आज मिडिया को यत्रो विकास भैसकेको अवस्थामा नेपालका बारे प्रचार प्रसार सहजै हुने र हाम्रा हरेक तीर्थस्थलहरू पर्यटनका लागि उत्तिकै संभावनापूर्ण रहेको हामी देशवासी एवं देशबाहिर बस्ने नेपालीहरूले अनुभव गरेका छौं । धार्मिक सांस्कृतिक पर्यटनभन्दा महत्वपूर्ण अर्को आर्थिक श्रोत नेपालको छैन। ऋण, दुर्दशा र दुराचारले गाँजिएको देशलाई हिन्दु सनातन धर्मले नै रक्षा गर्ने निश्चित छ ।
नेपालको गौरव र नेपालीको भावना एवं धार्मिक सहिष्णुता कायम राख्दै नेपाललाई अविलम्ब हिन्दु राष्ट्र घोषणा गरियोस् भनी जोडदार माग गर्दछौं ।
बेलायतबासी नेपालीहरुको तपÞर्mबाटः
अध्यक्ष मेजर (रि.) सुर्य प्रसाद उपाध्याय,
महासचिब चिरन्जिबी पौड्याल

प्रतिक्रिया