२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मलेसियामा नेपाली कलाकार पक्राउ पर्नु आयोजकको कमजोरी

1277 Shares
Spread the love

काठमाडौँ – मलेसियामा पक्राउ परेका नेपाली कलाकारका अभिभावकले आयोजकले हेलचेक्राई गरेकोले आफ्ना छोराछोरी पक्राउ परेको जनाएका छन् । एक साता अघि (गएको बिहीबार) साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमको लागि मलेसियाको मलाक्का पुगेका गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्वेलाई कार्यक्रमस्थलबाटै मलेसियन प्रहरीले पक्राउ गरेको थियो ।

काठमाण्डौको एसएस ओजी ग्रुपले मलेसियामा साङ्गीतिक कार्यक्रम गर्ने भनी लगेका आफ्ना छोराछोरीलाई पराई देशमा यसरी अलपत्र पार्न नहुने सुनिता थेगिमका बुबा डकेन्द्र थेगिमले बताए । उनले भने, उनीहरूको सकुशल नेपाल फर्काउनका साथै उनीहरूको पासपोर्टमा डिपोर्टको छाप नलाग्नु पर्ने वातावरण सिर्जना गर्न सबै सँग आग्रह गर्नुभएको छ ।

मलेसियाको पुत्रजायामा राखिएका तीनै जना कलाकारलाई रिहाइ गरी नेपाल फर्काउन पहल भइरहेको छ । यसरी राष्ट्रिय कलाकारहरूलाई विदेशमा कार्यक्रम गर्न लगेर अलपत्र पारिनु आयोजकको ठुलो गल्ती भएको र सबै प्रक्रिया पुरा गरेर यस्तो कार्यक्रम गर्नुको साटो प्रक्रिया पुरा नगरेकोले नेपाली कलाकार पक्राउ परेको बताइएको छ ।

सम्मानित कलाकारहरू देशका गहना हुन् उनीहरूलाई यसरी अर्काको देशमा अपमानित गर्नुहुँदैन भन्नुहुँदै सुनिताका बुबा डकेन्द्र थेगिमले भने, अव आउने जाने प्लेनको टिकटका साथै सम्पूर्ण क्षतिपूर्ति आयोजक एसएसओजी ग्रुपले बेहोर्नुपर्छ ।

यसरी नेपाली कलाकार विदेशमा समस्यामा पर्दा नेपालबाट पनि विशेष कूटनीतिक पहल गर्नुपर्ने अभिभावकले माग गरेका छन् ।

प्रतिक्रिया