नेपाल मगर संघ क्षेत्रीय कमिटी जोहोरबारुको तेस्रो अधिबेशन ०९ जुन २०१९ का दिन बागुस सिटि होटेल जोहोरबारुमा सम्पन्न भएको छ।
सोही कार्यक्रमका सभापति खेम थापा मगर ज्यु र नेपाल मगर संघ केन्द्रिय समिति मलेसिया अध्यक्ष पुस्मिता ठाडा मगर ज्यु को प्रमुख आतिथ्यमा भएको अधिबेशन बाट २१ नयाँ कार्य समिति सर्बसम्मत मा निर्बाचित हुनु भएको छ।

सोही कार्यक्रम लाई सम्बोधन गर्दै नेपाल मगर संघ क्षेत्रीय कमिटी जोहोर का स-सचिब सुरेश बुढा मगर ज्यु बाट भएको स्वागत मन्तव्य संगै आमन्त्रित विशेष अतिथि नेपाल मगर संघ केन्द्रिय महासचिव राम प्रसाद पुन मगर विशेष अतिथि नेपाल मगर संघ क्षेत्रीय कमिटीका सहल्लाकार हेम बहादुर पुन अतिथि नेपाल मगर संघ इकाई कमिटी पेकनानस का सहल्लाकार
तेज बहादुर बुढा मगर नेपाल मगर संघ इकाई कमिटी दोसा चेम्बरलान अध्यक्ष क्षेत्र लाल बुढा मगर नेपाली मगर सांस्कृतिक संघ मलेसिया का अध्यक्ष याम बलाल मगर जनजाति महासंघ जोहोर का महासचिव गगां चाम्लिङ राइ गहृ आबसिय NRNA युवा संघ मलेसिया का अध्यक्ष ज्ञानेन्द्र सिह जनप्रगतिशिल मोर्चा जोहोर का अध्यक्ष सैलेस सौगात किरात राई योख्यो जोहोर का अध्यक्ष किसोर राई गृह आबसिय NRNA जोहोर का अध्यक्ष रबिलाल अधिकारी सुनार सेवा समाज जोहोरका काेषध्यक्ष चेत बहादुर सुनार लगाएत सम्पुर्णले नब निर्वाचित पदाधिकारी ज्यु हरु लाई बधाई साथै सफल कार्यकालको शुभकामना दिदै आ-आफ्नो मन्तव्य हरु राख्नु भएको थियो।

सोही तेस्रो अधिबेशन बाट नब निर्बाचित २१ नयाँ कार्य समिति निर्बाचित हुनु भएको छ।
१) अध्यक्ष – सुरेश बुढा मगर
२) उपाध्यक्ष – क्षेत्र लाल बुढा मगर
३) म.उपाध्यक्ष – ईशा राना मगर
४) काेषध्यक्ष – सुशील गर्जा मगर
५) सचिब – सुनिल थापा मगर
६) सह कोषध्यक्ष -भिम बहादुर बिर्कट्टा मगर
७) सह सचिब -सम्भु मगर
——– सदस्यहरु ———-

१) नवीन सन्माने मगर
२) अनिल पुन मगर
३) मनोज कुमार गुरुमछाने मगर
४) हमान सिह राना मगर
५) अर्जुन कुमार बुढा मगर
६) वीर बहादुर पचभैया मगर
७) खेम सारु मगर
८) चरम सारु मगर
९) मीन बहादुर पुन मगर
——- सहल्लाकार ——–
१) हेम बहादुर पुन मगर
२) गोपाल राना मगर
३) धन बहादुर पुन मगर
४) तेज बहादुर बुढा मगर
५) खेम थापा मगर
साथै सम्पुर्ण नब निर्बाचित पदाधिकारी ज्यु हरु लाई नेपाल मगर संघ केन्द्रिय महासचिव राम प्रसाद पुन मगर ज्यु ले सपथ ग्रहण गराउनु भएको थियोे।
संगै उपस्थित अतिथि पाहुना दाजुभाइ तथा दिदिबहिनीहरु लाई नेपाल मगर सांस्कृतिक संघ मलेसिया सदस्य तथा गायक लोकेन्द्र सारु मगर र नेपाल मगर संघ केन्द्रिय सदस्य वीर बहादुर सारु मगर ले सालैजो गित मा छमछम नचाउनु का साथै नेपाल मगर सांस्कृतिक संघ मलेसिया कि सदस्य तथा गायिका बसन्ती थापा मगरले मगर ले मगर हरुकै प्रचलित काैंडा गित र ग्रुप काैंडा नृत्यले सम्पुर्ण लाई नचाउदै भरर्पुर मनोरञ्जन दिलाइकी थिइनँ। साथै सम्पुर्ण कलाकार भाइबहिनीहरु लाई प्रमुख अतिथि र विशेष अतिथि ज्यु ले उहाँ हरुको कलागला लाई सम्मान गर्दै सम्मान पत्र र खादाले सम्मान गर्नु भएको थियो। संगै कार्यक्रम संचालन सुनिल थापा मगर ले गर्नु भएको नेपाल मगर सांस्कृतिक संघ मलेसिया का महासचिव मीन बहादुर पुन मगर ले जानकारी दिनु भएको थियो।