1088
Shares
काठमाडौं – कोरियामा कार्यरत एक नेपालीको उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ महिनादेखि सोलको एक अस्पतालमा उपचाररत पर्वत फलेवास–५ खानीगाउँका अमृत कुँवर रहेको सोलस्थित नेपाली दूतावासले जनाएको छ ।
६ महिनाअघि कम्पनीमा काम गरिरहेकै अवस्थामा एक्कासी बेहोस भएका कुँवरलाई सोलस्थित हान्निम मुटु अस्पतालको आईसियुमा राखेर उपचार गरिँदै आएको थियो ।
कुँवरको गत महिना फोक्सोले काम नगरेपछि फोक्सोको सफल प्रत्यारोपण गरिएको थियो। घटनाका विषयमा मृतकका परिवारलाई जानकारी गराईसकिएको कोरियाकालागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।
मृतकको श्रीमती कोरियामै रहेकाले प्रक्रिया पूर्याएर शव नेपाल पठाईने दूतावासले जनाएको छ । कुँवर ईपिएसमार्फत ३ वर्षअघि कोरिया पुगेका थिए।