२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली ग्लोबल: अध्यक्ष र कोषाध्यक्ष युरोप प्रस्थान गर्दै

1394 Shares
Spread the love

काठमाडौं —अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले युरोपका ३  देशमा शाखा विस्तार गर्ने भएको छ।

धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने कार्यलाई तिब्रता दिदै युरोप शाखा कार्यलय खोल्न लागेको हो ।शाखा विस्तारको लागी हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामा र कोषाध्यक्ष रविन बज्रचार्य अमेरिका बाट युरोप प्रस्थान गर्न लागेका हुन ।

शाखा कार्यलाई तिव्रता दिदै आउदो जुन १६ तारिखमा युरोपको ३ देशमा शाखा गठन गर्न अध्यक्ष र कोषध्यक्ष आउदो जुन १५ कादिन त्यस तर्फ जान लागेको महासचिव मंगलदास श्रेष्ठले जानकारी दिए ।

विश्वभर छरिएर रहेका नेपालीलाई एकबद्ध बनाई आफ्नो राष्ट्र र मातृभुमीको विकासमा समेत भुमिका खेल्ने अभिप्रायले विश्वभर जोडिन लागेको महासचिव श्रेष्ठले बताए ।उनले प्रवासमा रहेका नेपालीहरुलाई आपत विपत परेमा सहयोग गर्ने हेल्पलाइनको रुपमा समेत संस्थाले काम गरिरहेको जानकारी दिए ।

युरोपका जर्मनी , बेल्जियम र नेदरल्याण्ड च्याप्टर गठन गर्न लागिएको हो । विश्वका ४० भन्दाबढि मुलुकहरुमा हामी नेपाली ग्लोबलको सञ्जाल छन् ति सम्पूर्ण देशमा क्रमस च्याप्टर गठन गर्दै जाने सस्थाले जनाएको छ ।

संस्थाले गत २०७५ साल फागुन १७ ( मार्च १ २०१९ ) मा नेपाल च्याप्टर गठन गरिसकेको छ । नेपाल च्याप्टर नेपालमा आधिकारीक रुपमा दर्ता पक्रिया समेत भई सकेको छ ।
पहिलो शाखाका रुपमा गत फागुनमा केन्द्रीय महासचिव मंगलदास श्रेष्ठले नेपाल च्याप्टरको गठन गरेका थिए ।

युरोप लगतै मलेसिया, कतार , दुबई , जोडर्न, बहराइन, लेवलान,ओमन , स्विडेन , माल्टा , साइप्रस, माल्दिभ्स, बाङ्लादेश, इजरायल ,पोर्चुगल ,मकाउ, इराक , साउदी ,पोल्यान्ड , अष्ट्रेलिया, सिंगापुर , हङकङ,थाइल्याण्ड,डेनमार्क यी देशहरुमा गठनको तयारीमा रहेको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै युके, जापान, र कोरिया च्याप्टर गठनको लागी केन्द्रीय उपाध्यक्ष टेक वाईवा जाने कार्यक्रम तय भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया