२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

घरबाहिर भेटिएको बस्तु खेलौना सम्झेर बच्चीलाई दिइन आमाले, केही मिनेटपछि उड्यो होस्

2182 Shares
Spread the love

एजेन्सी । एक महिलाले घरबाहिर भेटिएको बस्तु खेलौना सम्झेर बच्चीलाई खेलाउन दिएपछि अप्रिय घटना भएको छ।

बच्चीले उक्त बस्तु खेलाउदा खेलाउदै अचानक गोली चलेपछि ती महिलाको पिठ्यौँमा लागेको छ। यो घटना भारतको कोलकत्ता स्थित हुगली जिल्लाको हो। आइतबार एक महिलाले घर बाहिर फेला परेको पेस्तोल नक्कली सम्झेर आफ्नी बच्चीलाई खेलाउन देखिएकी थिइन्।

बच्चीले उक्त पेस्तोल खेलाउदा खेलाउदै अचानक थिच्चिएर गोली चलेपछि आमालाई लागेको थियो। गोली लागेर गम्भिर घाइते बनेकी ती महिलालाई अस्पताल पुर्याइएको थियो।

गोली भरिएको सक्कली पेस्तोल भएकाले उक्त घटना घटेको हो। उक्त पेस्तोल कसले बेवारिस् पार्यो भन्ने बारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया