२०८३, २३ कार्तिक आईतवार
×

सारेगामापमा नेपालका प्रितम तेस्रो, आयुष चौथो

1042 Shares

काठमाडौं । चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका दुई बालगायक तेस्रो र चौथो भएका छन्।

आइतबार साँझ भएको जी टीभीको फाइनल कार्यक्रममा प्रतिष्पर्धा गरेका प्रितम आचार्य तेस्रो भए भने आयुष केसी चौथो भए। फाइनलमा ६ जना पुगेका थिए।

कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली तथा भारतीय दर्शकको मन छोएको छ।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्। आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्।

२०६५ जेठ १० मा इटहरी जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए। उनी  इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए।

बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका थिए।

सुरशाला म्यूजिक एकेडेमीमार्फत उनीहरुले भिडियो अडिसन पार गरेर सारेगमपमा प्रवेश पाएका थिए। ३ वटा भिडियो पठाएपछि उनीहरुलाई दोस्रो चरणका लागि दिल्ली बोलाइएको थियो।

बालबालिका तथा किशोर किशोरीको सांगीतिक रियाल शो सारेगमप लिटल च्याम्प्सलाई प्रतिभा उजागर गर्ने मञ्चको रुपमा लिइन्छ।

बलिउडकी चर्चित गायिका श्रेया घोसाल सन् २००० की लिटल च्याम्स विजेता हुन्।

प्रतिक्रिया