बलिउडकी चर्चित गायिका नेहा कक्करले शनिबार नेपालमा आफनो सांगेतिक प्रस्तुती दिएकी थिईन् । ठमेलको एल ओ डी लर्ड अफ डिस्कोमा साँझ भएको कार्यक्रममा नेहाको प्रस्तुती हेर्नको लागि नै कयौँ नेपाली फ्यानहरुको उपस्थिती रहेको थियो । पारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भएको उक्त कार्यक्रम भने बिवादमा आएको छ । कार्यक्रममा क्षमता भन्दा बढी टिकट बिक्री गरेसंगै कार्यक्रम बिवादमा आएको हो । ठाँउ नै नभएपछि कयौँ दर्शकहरु बाहिर बसेका थिए ।

त्यसपछि आक्रोसि भएका दर्शकहरु गुनासो लिएर प्रहरी सम्म पुगे । उनीहरुको गुनासोसंगै प्रहरीले आयोजक संस्थाका ३ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा दिपक घिमिरे, रविन श्रेष्ठ र भुपेन कुँवर रहेका छन् । पीडितले टिकट बराबरको रकम फिर्ता मागेका छन् । सो हुन नसकेमा आयोजक संस्था माथि मुलुकी अपराध संहिताको ठगी कसुर अन्तर्गत कारवाही हुनेछ ।
प्रक्राउ परेसंगै दिपक घिमिरे रकम फिर्ता गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यसअघि पनि उनी आयोजना गरिएको कार्यक्रमकै कारण बिवादमा पर्दै आएका व्यक्ति हुन् । आफुलाई पुर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलाका ज्वाई बताउदै आएका उनले यस अघि समेत सौन्दर्य प्रतियोगितामा बिजयी बनाउछु भन्दै ठगेको आरोप समेत लागेको छ ।