२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको युरोप यात्रा : सीके राउत पनि युरोप भ्रमणमा

3239 Shares
Spread the love

लण्डन ।  भूतपूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको सन् २० को औपचारिक भ्रमण भएको १७ बर्ष पछि प्रधानमन्त्री ओलीले बेलायतको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

बेलायती प्रधानमन्त्री टेरेसा मे को निमन्त्रणामा बेलायत आउन लागेका प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका बारेमा कुराकानी गर्ने भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली यही जुन १० तारिख बेलायतको औपचारिक भ्रमणमा आउने कार्यक्रम तय भएको छ।

लण्डनस्थित नेपाली दुतावासका अनुसार उनले जुन १० तारिख साँझ अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन्।

 

प्रधानमन्त्री ओलीले जुन ११ तारिखमा बेलायती प्रधानमन्त्री टेरेसा मे संग भेटवार्ता गर्ने कार्यक्रम रहेको र  सो वार्तामा  द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा केन्द्रित हुने जानकारी नेपाली दूतावास लण्डनले दिएको छ ।

 

नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरद राज आरणका अनुसार ‘नेपाल –बेलायत ऐतिहासिक सम्बन्धलाई मध्यनजर गर्दै आपसी हित र सहकार्यलाई प्रगाढ बनाउने दिशामा वार्ता केन्द्रित हुन्छ’ प्रधानमन्त्री ओलीले सरकारका अन्य पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रमको तयारी भईरहेको जनाईएको छ।

 

प्रधानमन्त्री ओली १२ जुनको बिहान नेपाली दूतावासले आयोजना गर्ने रिसेप्सनमा सहभागी हुने कार्यक्रम छ । साथै उनले बेलायतमा समान सुविधाको माग राख्दै आन्दोलनरत गोर्खा तथा नेपाली समुदायसँग पनि समसामयिक बिषयमा अन्तरक्रिया गर्ने जनाईएको छ।

जेनेभाको आइएलओ सम्मेलनमा सहभागी भएपछि लण्डन आउन लागेका प्रधानमन्त्री ओली जुन १२ मा फ्रान्स जाने बताईएको छ ।

सीके राउत अक्सफोर्डको प्रमुख वक्ता !

यसैबीच  कुनैबेला स्वतन्त्र मधेशको आन्दोलन गरेर केहिसमय अघिमात्र प्रम ओलीले बार्तामा ल्याएका मधेशी नेता चन्द्र प्रकाश राउत उर्फ सी के राउत पनि युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुदै बेलायत आउने जानकारी प्राप्त भएको छ ।

पत्रकार बिपिन निरौला अनुसार मानब अधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन १० तारिक अस्ट्रियाको भियना आउने राउतले १९ तारिक बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा मानब अधिकार सम्बन्धि कार्यक्रममा प्रमुख बक्ताको रुपमा सहभागी हुनेछन । बेलायतस्थित मधेशी समुदायले समेत राउतको सम्मान र एक अन्तरक्रिया कार्यक्रम गर्ने समाचार छ ।

प्रतिक्रिया